Tuesday, May 5, 2026
Homeशिक्षानेपाल–नर्वेबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

नेपाल–नर्वेबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि नर्वेका राजदूत डागनी म्योस बीच भेटवार्ता भएको छ।

सिंहदरबार स्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुद क्षेत्रमा नर्वे सरकारको सहयोग र सहकार्यबारे छलफल भएको थियो।

भेटमा वर्तमान सरकारका प्राथमिकता तथा नेपालको विद्यालय शिक्षामा नर्वेले पु¥याउँदै आएको सहयोगको निरन्तरता र आगामी साझेदारीका विषयमा विशेष ध्यान दिइएको थियो।

मन्त्री पोखरेलले विद्यालय शिक्षा क्षेत्रमा समावेशिता, समता, ‘फन्डामेन्टल लर्निङ’ र ‘क्लाइमेट स्मार्ट एजुकेशन सिस्टम’ जस्ता क्षेत्रमा नर्वे सरकारको सहयोगप्रति आभार व्यक्त गरे। उनले नर्वेको शिक्षा प्रणालीको उत्कृष्टताको प्रशंसा गर्दै नेपालले त्यसबाट धेरै कुरा सिक्न सक्ने र आवश्यक सहकार्यका लागि मन्त्रालय तयार रहेको बताए।

भेटमा राजदूत म्योसले नेपालको विद्यालय शिक्षा क्षेत्रमा नर्वेले गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। साथै, नेपाल सरकारका एक सय बुँदे प्राथमिकताबारे आफू जानकार रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा थप सहकार्य गर्न नर्वे सरकार उत्सुक रहेको बताइन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका