Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियनाइजेरियामा एक वर्षभित्र १,१९२ जनाको हत्या

नाइजेरियामा एक वर्षभित्र १,१९२ जनाको हत्या

१९ माघ, काठमाडौं । नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरूले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरूले सन् २०२१ मा मात्र एक हजार १९२ जनाको हत्या गरेका हुन् ।

साथै उनीहरूले गत वर्षमात्र तीन हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् । कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो ।

साथै गतवर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनीहरूलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका