Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियदिल्लीमा ६०० दिनदेखि स्कूल बन्द, विद्यार्थी कक्षाकोठा फर्कन आतुर

दिल्लीमा ६०० दिनदेखि स्कूल बन्द, विद्यार्थी कक्षाकोठा फर्कन आतुर

धारिनी माथुरका छोराले प्रारम्भिक स्कुल सुरु गरेका बेला ४ वर्षका  मात्रै थिए । उनी अझैपनि कम्प्युटरको स्क्रिन पछाडि बस्छन् र भर्चुअली भएपनि सिक्ने प्रयासमा  छन् । घरमै बसेर पढ्नाले साथी र शिक्षकहरुसँग उनको  शून्य सम्पर्क छ ।
उनी पनि भारतको राजधानी दिल्लीका ४० लाख भन्दा बढी बालबालिका मध्येका एक हुन्, जो कोरोनाभाइरसको महामारीका कारण कक्षा कोठा भन्दा बाहिर बस्न बाध्य छन् ।

हालको समयमा लामो समयदेखि भइरहेको बन्दले सिकाइको क्षमतामा नराम्ररी असर पारिरहेको माथुरले बताइन ।

‘हाम्रो सानो छोरा स्कुल जान पाएको छैन । साथीसंगतीसँग अन्तरक्रिया हुन पाएको छैन,’ माथुरले भनिन् ।  यो आइसोलेसन र विकासको अभाव वास्तवमै  संवेदनशील भएको छ ।

दिल्ली सरकारले सन् २०२०  को मार्चदेखि स्कुल बन्द गर्ने आदेश दिएको थियो । उक्त समयमा कोरोना भाइरसका संक्रमित देखिन थालेका थिए । दिल्लीमा स्कुलहरु झन्डै २ वर्षदेखि बन्द अवस्थामा रहँदै आएका छन् । यो विश्वकै लामो समयसम्म गरिएको स्कुल बन्द हो । यसले आफ्ना जनताको सिकाइको विकासमा नराम्रो असर पारेको छ । लामो समयसम्मको सिकाइको घाटाले गरिबी बढाउने, कमाउने क्षमता घटाउने र लाखौँ व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्ने देखिन्छ ।

दिल्लीमा मात्रै  लाखौँ बालबालिकहरु जो न्यून आम्दानी भएका समुदायका छन्, उनीहरु ल्यापटपको अभावका कारण सरसफाइ नभएको ठाउँमा बसेर पढ्न बाध्य  छन् । यदि यो समय अझै लम्बिने हो भने उनीहरु पढाइ छोड्नका लागि बाध्य हुनेछन् ।

अगस्टमा माथुरले राज्य सरकार समक्ष झन्डै ६ महिनापछि स्कुल खोल्नका लागि  आग्रह गरेकी थिइन । दिल्लीका अधिकारीहरुले प्रतिबन्ध खुकुलो पार्नका लागि छलफल गरेका थिए ।

यो बैठकमा दिल्लीका मुख्य मन्त्री र उनका उप प्रमुखको उपस्थिति थियो ।

सीएनएन

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका