Saturday, July 18, 2026
Homeअन्तराष्ट्रियडोनाल्ड ट्रम्प पनि इरानसँगको परमाणु वार्तामा अप्रत्यक्ष रूपमा सहभागी हुने

डोनाल्ड ट्रम्प पनि इरानसँगको परमाणु वार्तामा अप्रत्यक्ष रूपमा सहभागी हुने

काठमाडौं । संयुक्त राज्य अमेरिकाइरान बीच परमाणु कार्यक्रमबारे दोस्रो चरणको वार्ता जेनेभा मा हुने भएको छ। मंगलबार हुने उक्त वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अप्रत्यक्ष रूपमा सहभागी हुने बताएका छन्।

वार्ताका लागि अमेरिकाबाट ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाँइ ज्यारेड कुश्नर सहभागी हुने जनाइएको छ। इरानका विदेशमन्त्री अब्बास अराक्ची भने वार्ताका लागि सोमबार नै जेनेभा पुगेका छन्।

एयरफोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले वार्ता निकै महत्त्वपूर्ण भएकाले आफू अप्रत्यक्ष रूपमा संलग्न हुने बताएका हुन्। उनले इरान सम्झौता गर्ने पक्षमा देखिएको समेत उल्लेख गरे।

यसअघि दुवै देशबीच पहिलो चरणको वार्ता मस्कट मा भएको थियो। तर ठोस सहमति नभएपछि दोस्रो चरणको वार्ता तय गरिएको हो।

वार्ता असफल भए अमेरिकाले सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएको छ भने इरानले पनि आक्रमण भए मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामाथि प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ।

यसैबीच ट्रम्प र बेन्जामिन नेतन्याहु बीच इरानको तेल निर्यात घटाउने विषयमा छलफल भएको जनाइएको छ। इरानको अधिकांश तेल निर्यात चीन तर्फ हुने भएकाले यसले इरानको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

इरानले प्रतिबन्ध हटाइए उच्चस्तरमा युरेनियम संवर्द्धन घटाउन तयार रहेको संकेत दिएको छ भने पूर्ण रूपमा संवर्द्धन रोक्ने प्रस्ताव अस्वीकार्य हुने जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका