Tuesday, April 21, 2026
Homeअपराध र घटनाझापामा जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न १२ जना पक्राउ

झापामा जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न १२ जना पक्राउ

झापा — जेनजी प्रदर्शनका क्रममा जिल्लाभित्रका प्रहरी कार्यालय र सवारीसाधनमा गरिएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत भदौ २४ गते अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि साङ्घातिक आक्रमण भएका थिए। सो घटनामा संलग्न व्यक्तिहरूको पहिचान सिसिटिभी फुटेज, भिडियो र फोटोको अध्ययन तथा विश्लेषणमार्फत गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

पक्राउ परेकामध्ये विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, २२ वर्षीय राजन चौधरी, २० वर्षीय आयूष धिमाल, कनकाई–१ का ४२ वर्षीय गोपाल संग्रौला, कनकाई–३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी–१० का २५ वर्षीय कुशल तिम्सिना र ३१ वर्षीय सञ्जय बस्नेत, विर्तामोड–५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा–७ का २८ वर्षीय सुरज राई रहेका छन्।

त्यसैगरी, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलामको चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ घर भई हाल दमक–१ बसोबास गर्दै आएका २२ वर्षीय साजन ल्हागुन पनि पक्राउ परेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका