काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा लुटिएको इन्साससहितका तीन थान हतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति २३ वर्षीय शिवराज धमला रहेका छन् ।
उनी बालाजु क्षेत्रबाट पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार धमलाको डेराबाट इन्सास, सटगन र पेस्तोल बरामद गरिएको छ ।
प्रहरीका अनुसार धमला पठाओ चालक हुन् । प्रारम्भिक अनुसन्धानअनुसार उनले भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा प्रहरीबाट ती हतियार लुटेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


