एजेन्सी। चीनमा रोजगारदाताहरू एआई प्रतिभा खोज्न सक्रिय छन्। बेइजिङमा शरद ऋतु सुरु भएसँगै रोजगार मेलाहरू आयोजना भइरहेका छन्।
यस वर्ष ती मेलाहरूमा कम्पनीहरूले एआई सम्बन्धी धेरै रोजगारी अवसरहरू सिर्जना गरेका छन्। मुख्यतया इन्टरनेट तथा एआई क्षेत्रमा आवेदन माग गरिएको छ।
एआई इमेजिङ अध्ययन गरेका युवाहरू मेलामा आकर्षित भएका छन्। नयाँ भर्ना मात्र होइन, मानविकी वा सामाजिक विज्ञानमा स्नातक गरेका विद्यार्थीहरू पनि कम्पनीहरूले खोजी गरेका छन्।
किनभने ठूला भाषा मोडेलहरू निर्माण गर्दा ठूलो मात्रामा डेटा व्यवस्थापन र प्रम्प्टहरू परिभाषित तथा परिष्कृत गर्न आवश्यक पर्छ। यस्तो कार्य इन्टर्न वा प्रशिक्षार्थीको रूपमा हालसालै स्नातक भएका व्यक्तिका लागि उपयुक्त हुन्छ।
चीनको एक प्रमुख करियर विकास प्लेटफर्मका अनुसार, गत वर्षको तुलनामा यस वर्षको तेस्रो त्रैमासिकमा एआई इन्जिनियरहरूको लागि जागिर पोस्टिङ २५ प्रतिशतले बढेको देखिएको छ। तथ्यानुसार, कृत्रिम बुद्धिमत्ता इन्जिनियरहरूको औसत मासिक तलब लगभग ३,००० अमेरिकी डलर रहेको छ। (सीसीटीभीप्लस)


