काठमाडौं। अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि उचालेको छ। सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको सो उपाधि चुमेको हो।
निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। खेलको ११२औं मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
लियोनेल मेसी घाइते भएपछी खेलको ६७औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए।
अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ। अर्जेन्टिनापछि १५ पटक उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको छ।


