Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियउत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेको हो ।  जापानको क्योडो न्युजले पनि  उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ।

क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ। यो ब्यालिस्टिक मिसाइल हुन सक्छ। यो जापानको बाहिरी विशेष आर्थिक क्षेत्रमा देखिएको थियो।’ जापानले आफ्ना जहाजहरूलाई पनि सतर्क रहन निर्देशन दिएको छ । जनवरीमा उत्तर कोरियाले आफ्नो सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका