Sunday, June 7, 2026
Homeअपराध र घटना३ लाख ५६ हजारसहित जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

३ लाख ५६ हजारसहित जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

भक्तपुर: सूर्यबिनायक नगरपालिका-८ स्थित गणेश मन्दिर नजिकै जुवा (प्याचा) खेलिरहेको अवस्थामा मध्यपुरठिमी नगरपालिका-५ बस्ने ४० वर्षीय शिवराम श्रेष्ठ समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका