Saturday, June 27, 2026
Homeअन्तराष्ट्रियहैदराबादमा सडकको नाम ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले जनाए भारतप्रति आभार

हैदराबादमा सडकको नाम ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले जनाए भारतप्रति आभार

एजेन्सी । भारतको हैदराबादस्थित अमेरिकी वाणिज्य दूतावाससँग जोडिएको एक सडकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा ‘डोनाल्ड ट्रम्प एभेन्यु’ नामकरण गरिएको छ।

अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहबीच भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर र तेलंगानाका उपमुख्यमन्त्री मल्लु भट्टी विक्रमार्काले संयुक्त रूपमा उक्त सडकको नामकरणसम्बन्धी स्मारकको अनावरण गरेका हुन्।

सडक आफ्नो नाममा नामकरण गरिएकोप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत भारतप्रति आभार व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘भारतको हैदराबादमा नयाँ ‘डोनाल्ड ट्रम्प एभेन्यु’—यसरी सम्मानित हुने पहिलो अमेरिकी राष्ट्रपति। धन्यवाद।’

स्मारक अनावरणपछि जारी विज्ञप्तिमा तेलंगाना सरकारले गरेको यो नामकरणले संयुक्त राज्य अमेरिकाप्रतिको सम्मान व्यक्त गर्नुका साथै हैदराबादले अमेरिका–भारत सम्बन्ध सुदृढ बनाउन खेल्दै आएको बढ्दो भूमिकालाई पनि प्रतिबिम्बित गर्ने उल्लेख गरिएको छ।

समारोहलाई सम्बोधन गर्दै भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले अमेरिका–भारत सम्बन्धमा हैदराबादको रणनीतिक महत्त्व बढ्दै गएको उल्लेख गर्दै द्विपक्षीय सहकार्यमा यस क्षेत्रले पुर्‍याएको योगदानको प्रशंसा गरे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका