Wednesday, January 22, 2025
Homeमनोरन्जनसुरू भयाे 'कान्तिपुर सिनेप्लेक्स एचडी' फिल्मी च्यानल

सुरू भयाे ‘कान्तिपुर सिनेप्लेक्स एचडी’ फिल्मी च्यानल

काठमाडौँ — फिल्मसम्बन्धी गतिविधि समेट्ने नयाँ च्यानल ‘कान्तिपुर सिनेप्लेक्स एचडी’ सुरू भएको छ । कान्तिपुर नेकान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले ‘कान्तिपुर सिनेप्लेक्स’को क्लापबोर्ड बजाएपछि यो च्यानल शुक्रबार ५:५५ मा सुरू भयो ।

अभिनेत्री गौरी मल्लले ‘सिने’ शब्द कलाकारका लागि ठूलो रहेको बताउँदै ‘कान्तिपुर सिनेप्लेक्स’ सुरु भएकोमा खुसी व्यक्त गरिन् ।

कलाकार हरिवंश आचार्यले १६ पैसामा फिल्म हेर्न सुरु गरेको दिनको सम्झना गर्दै अहिले प्रविधिले फड्को मारेको बताए । ‘अहिले फिल्म खल्ती-खल्तीमा पुगेको छ । हामीले इतिहासमा बनाएका फिल्महरु एचडीमा कसरी रुपान्तरण गर्ने ?’, त्यस्ता इतिहासका फिल्महरु हेर्ने वातावरण सिनेप्लेक्सले बनाउँछ भन्ने विश्वास छ,’ आचार्यले भने ।

कलाकार सुनील थापाले नेपाली फिल्मको संवर्द्धनमा यो च्यानलले भूमिका खेल्ने बताए । ‘पुरानोमात्र होइन नयाँ फिल्म पनि घरमै बसेर हेर्ने सकिने भयो अब । पहिला नेपाली फिल्म हेरेपछि दर्शकले मलाई गाली गर्थे । किनकि म फिल्मको भिलेन । तर अब त दर्शकले घरमै बसेर मलाई गाली गर्न भए,’ ठट्यौली शैलीमा उनले भने ।

संगीतकार शम्भुजित बास्कोटाले पनि आफूले १६ पैसामा फिल्म हेर्न सुरु गरेको प्रसंग जोड्दै ‘कान्तिपुर सिनेप्लेक्स’ले नेपाली फिल्मको उद्योगमा टेवा पुर्‍याउने बताए । कार्यक्रममा अभिनेता राजेश हमालले यो च्यानलले फिल्मको गतिविधिलाई परिस्कृत र परिमार्जित ढंगले प्रस्तुत गर्ने धारणा राखे ।

अभिनेत्री निरुता सिंहले यो च्यानलमार्फत पुराना कलाकार दर्शकमा जीवित रहने बताइन् । ‘हामीले कयौं फिल्महरु गर्‍यौं । तर अहिलेका कति दर्शकले ती फिल्म हेर्न पाउनु भएन । अब यो च्यानलमा ती फिल्मको प्रसारण हुनेछ । हामी पुराना कलाकार दर्शकमा जीवित रहनेछौं,’ उनले भनिन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहाल, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष रक्षा राणा, कलाकार पूजा शर्मा, निर्देशक सुदर्शन थापा, कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, भुवन केसी, अर्जुन कुमार, प्रताप दास, कुन्ती मोक्तान, प्रविशा, अधिकारीलगायतको उपस्थिति थियो ।

टवर्कले सञ्चालनमा ल्याएको यो च्यानल शुक्रबार मीन भाम निर्देशित फिल्म ‘कालोपोथी’ प्रसारणसँगै सुरू भएको हो ।

कान्तिपुरबाट सभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका