Monday, June 8, 2026
Homeअपराध र घटनासहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ, रवि निगरानीमा

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ, रवि निगरानीमा

काठमाडौं: सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

संसदीय समितिले कारबाही सिफारिस गरेको तत्कालीन प्रवन्ध निर्देशक रहेका रास्वपा सभापति लामिछाने पनि प्रहरीको निगरानीमा रहेको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका