Sunday, May 3, 2026
Homeमनोरन्जनर्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा

र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा

र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश गरेको कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए ।

लाउरे लागूऔषधसम्बन्धी मुद्दामा गत १४ पुसमा पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई न्यायधीस बाबुराम सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले लाउरेसहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । लाउरेले पछिल्लो समय रियालिटी सो हिमालयन रोडिजको निर्णायकमा रहेका थिए । त्यही रियालिटी सोका क्रममा नेपालका पूर्वी सहरहरुमा पुगेर उनी पोखरा फर्किएका थिए । अन्य तीन जनालाई भने ‘तान्डव’ नामक फिल्म समेत अभिनय गरेका लाहुरेको  मेरो सोल्टा, हाउडे, केस नं ४२० लगायत गीत चर्चित छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका