Monday, January 20, 2025
Homeमनोरन्जनरोकियो अदितिको ‘बाबरी’ छायाँकन

रोकियो अदितिको ‘बाबरी’ छायाँकन

अभिनेत्री अदिति बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को छायाँकन रोकिएको छ । पूर्वको लेटाङबाट छायाँकन सुरु भएको फिल्म छायाँकन लकडाउनले रोकिएको हो । फिल्मको निर्माता पुष्पा बुढाथोकी हुन् ।
‘फिल्मको अवको छायाँकन सेड्युल सिक्किममा रहेको थियो । अहिले त्यहाँ गएर छायाँकन गर्ने वाताबरण अनुकुल नभएकोको सुटिङ रोकिएको हो’ निर्माता पुष्पा बुढाथोकीले  भनिन् ।

‘बाबरी’ मार्फत पुराना अभिनेत्री तृप्ति नाडकरका छोरा धिरज टोटलानी पनि अभिनयमा डेब्यु गर्दैछन् । फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् ।
फिल्ममा नरेन्द्र मैनालीको छायाँंकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईँको संगीत रहनेछ ।

रातोपाटीबाट साभार
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका