Thursday, December 11, 2025
Homeमनोरन्जनराजेश हमाल: सिनेजगत प्रवेश सजिलो, टिकिरहन गाह्रो

राजेश हमाल: सिनेजगत प्रवेश सजिलो, टिकिरहन गाह्रो

कर्णाली। नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश सजिलो भए पनि दिगो रुपमा टिक्न गाह्रो भएको बताएका छन्।

फाइन प्रिन्टद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित घुम्ती साहित्य उत्सवमा डा. नवराज केसीसँगको अन्तरङ्ग कुराकानीमा महानायक उपनाम पाएका हमालले नायक नायिका बन्न सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको धारणा व्यक्त गरे। उनले कला र कलाकारिता समाजको दर्पण भएको बताए।

मानव जीवनका सबै कुरा अस्थायी भए पनि भावना स्थायी रहने भन्दै उनले भने, “भावनामा माया, स्नेह, रिस, त्रास, आवेग, दया, करुणा जस्ता सबै रस पाइन्छ। कला र साहित्यले समाजका सबै खाले रस उजागर गरी काल्पनिकताबाट वास्तविकता प्रस्तुत गर्छ।”

आफ्नो पुस्तक युगदेखि युगसम्म मा कला, साहित्य, कलाकारिता र सिने क्षेत्रमा भएका अन्तरवस्तुहरूको चर्चा गरेको महानायक हमालले बताए।

डा. केसीले साहित्य, कला, कविता र कलाकारिताको जन्म, मृत्यु, दिगोपन र यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक प्रभावका विषयमा उनीसँग अन्तसंवाद गरेका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका