Sunday, May 3, 2026
Homeमनोरन्जनफरहानले गरे शिवानीसँग विवाह

फरहानले गरे शिवानीसँग विवाह

८ फागुन, काठमाडौं । बलिउड अभिनेता, निर्माता तथा निर्देशक फरहान अख्तरले विवाह गरेका छन् । उनले मोडल शिवानी दान्डेकरसँग दोस्रो विवाह गरेका हुन् ।

फरहानको पहिलो विवाह सन् १९९८ मा हेयरस्टाइलिस्ट अधुना भववानीसँग भएको थियो । उनीहरुले बिहे गरेको १६ वर्षपछि डिभोर्स गरेका थिए । फरहान र शिवानीले आफूहरु प्रेम सम्बन्धमा रहेको पाँच वर्षपछि भव्य समारोहका बीच शनिबार विवाह गरेका हुन् ।

फरहानले आफ्ना पिता जाबेद अख्तरको खण्डलास्थित फार्महाउसमा विवाह गरेका हुन् । उनीहरुको विवाहमा बलिउडकर्मीहरुको बाक्लो उपस्थिति थियो । कलाकारहरु आलिया भट्ट, रितेश सिधवानी, ऋतिक रोशन, आमिर खान, डिनो मोरियो, राकेश ओेमप्रकाश मेहरा, रिया चक्रवर्ती लगायत विवाह समारोहमा पुगेका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका