Thursday, October 29, 2026
Homeमनोरन्जनकट्रिनालाई सोजत मेहन्दी

कट्रिनालाई सोजत मेहन्दी

मुम्बई : बलिउड अभिनेत्री कट्रिना कैफ चाँडै नै विवाह बन्धन बाँधिन लागेकी छन्। उनले बलिउड अभिनेता बिक्की कौशलसँग लगनगाँठो कस्न लागेकी हुन्। कट्रिना र बिक्कीको विवाह डिसेम्बर ७, ८ र ९ डिसेम्बरमा हुने भएको छ। ७ र ८ तारिखमा मेहन्दी सेरोमनी हुनेछ। यसैगरी डिसेम्बर ९ मा हिन्दु र क्याथोलिक परम्परा अनुसार विवाह हुनेछ।

तर, भारतीय सञ्चार माध्यमका अनुसार कट्रिना र बिक्कीले मुम्बईमा कोट म्यारिज गर्ने छन्। त्यसपछि राजस्थानमा विशेष विवाह समारोह आयोजना हुनेछ। विवाहका लागि सात सय वर्ष पुरानो फोर्ट बारबारा रिसोर्ट बुक गरिएको छ। विवाहमा सरिक हुने कसैलाई पनि मोबाइल फोन लैजान भने बन्देज गरिने भएको छ। विवाहको फोटो र भिडियो लिक नहोस् भन्नका लागि मोबाइल फोन लैजान बन्देज गरिन लागेको जनाइएको छ।

कट्रिनाका लागि जोधपुरको पाली क्षेत्रबाट विशेष मेहन्दी पठाइने भएको छ। संसारभर चर्चित सोजत मेहन्दी उपहारका रुपमा पठाइन लागिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मेहन्दी बनाउन कलाकारहरू खटिसकेका छन्। मेहन्दी कुनै प्रकारको केमिकल नराखिकन बनाइने भएको छ। कट्रिनाका लागि पठाउन लागिएको मेहन्दी करिब एक लाख रुपैयाँको हुनेछ।

तर, त्यो मेहन्दी उपहारका रुपमा पठाउन लागिएकाले पैसा भने नलिने पाली क्षेत्रका स्थानीयले बताएका छन्। कट्रिना र बिक्की अहिले विभिन्न चलचित्रको सुटिङमा व्यस्त छन्। कट्रिना ‘फोन भूत’, ‘जी ले जरा’ र ‘टाइगर–३’ मा काम गरिरहेकी छन्। यसैगरी बिक्की कौशल साम मानिक शको बायोपिकमा काम गरिरहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका