Wednesday, September 9, 2026
Homeसामाचारइनरुवासहित सुनसरीका विभिन्न स्थानमा जेन्जी दिवसमा मैनबत्ती प्रज्वलन

इनरुवासहित सुनसरीका विभिन्न स्थानमा जेन्जी दिवसमा मैनबत्ती प्रज्वलन

इनरुवा । जेन्जीसहितको दिवसका अवसरमा सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा जेन्जी युवाले मैनबत्ती प्रज्वलन गरी दिवस मनाएका छन्।

सदरमुकाम इनरुवासहित कोसी, दुहबी, हरिनगर, भोक्राहा र बराहक्षेत्रलगायतका स्थानमा युवाहरू भेला भएर मैनबत्ती प्रज्वलन गरेका थिए। उनीहरूले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिएका छन्।

इनरुवाको लोकतान्त्रिक चोकमा भेला भएका युवाहरूले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकालाई स्मरण गर्दै युवाको आवाज, अधिकार र भविष्यका विषयमा राज्य तथा सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा रास्वपाका जिल्ला सभापति सागर दाहालसहित युवा सत्य यादव, अभिषेक खेरवार, हैदर अलीलगायतको सहभागिता थियो।

मैनबत्ती प्रज्वलन कार्यक्रममा युवा, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले देशमा सुशासन, जवाफदेहिता, सामाजिक न्याय र युवामैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका