Thursday, December 11, 2025
Homeखेलकुदअल्मुताइरी नेपाल फर्किए, साफको उपाधि नेपाल ल्याउन सबै जुट्ने प्रतिबद्धता

अल्मुताइरी नेपाल फर्किए, साफको उपाधि नेपाल ल्याउन सबै जुट्ने प्रतिबद्धता

थप दुई वर्षका लागि सम्झैता नविकरण गरेको नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो अबको लक्ष्य अर्को आगामी साफ च्याम्पियनसिपको उपाधि जित्नु भएको बताएका छन् ।

शनिबार राति नेपाल फर्किएका अल्मुताइरीले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अबको लक्ष्य अर्को साफ च्याम्पियनसिपको उपाधि जित्नु रहेको बताएका हुन् ।

‘‘पछिल्लो तीन महिना धेरै उतार चढाव भए । हामीले अब त्यसलाई विर्सिनुपर्छ,’’ अल्मुताइरीले भने, ‘‘हाम्रो लक्ष्य अब आउने साफ च्याम्पियनसिपको उपाधि जित्नु हो । एसियन कप २०२३ को छनोट पनि खेल्दैछौं । तर त्यसमा छनोट हुन्छौं भनेर म अहिल्यौं भन्न सक्दिनँ । तर हामी राम्रो प्रदर्शन गर्छौं । २०२७ मा नेपाल छनोट हुनसक्छ होला, तर मेरो सम्झैता अबको तीन वर्षका लागि मात्र छ ।’’

अल्मुताइरीले नेपालसँग सेप्टेम्बर २०२२ सम्मका लागि सम्झैता गरेका थिए । तर माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएपछि प्रशिक्षक अल्मुताइरीले अप्रत्यासित रुपमा पद छाड्ने घोषणा गरेका थिए ।
उनले साफ च्याम्पियनसिपको फाइनल खेल आफ्नो नेपालका प्रशिक्षकका रुपमा अन्तिम भएको र कहिल्यै नेपाल नफर्किने घोषणा गरेका थिए ।

 

 

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका