Monday, February 17, 2025
Homeमनोरन्जनअनुपम खेरले भने, ‘गंगामा बगिरहेको शवले कसलाई असर नगर्ला ?’

अनुपम खेरले भने, ‘गंगामा बगिरहेको शवले कसलाई असर नगर्ला ?’

अभिनेता अनुपम खेरले धेरैजसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरिरहन्छन् । उनले हरेक मोर्चामा भाजपाको बचाउ पनि गर्ने गर्छन् । उनकी श्रीमती किरण खेर चंढीगढबाट भाजपाकी लोकसभा सांसद पनि हुन् ।

तर बुधबार अनुपम खेरले एनडीटीभीलाई दिएको अन्तरवार्तामा कोभिड संकटमा सरकार चिप्लिएको बताएका छन् । अनुपमले सरकार जवाफदेही हुनुपर्ने बताएका छन् ।

अनुपम खेरले भने, ‘कतै न कतै यो चिप्लिएको छ… सायद त्यो समय आइसकेको छ, उनीहरुले बुझ्नुपर्ने बेला भएको छ कि आफ्नो छवि सुधार्नुभन्दा मानिसहरुको जीवन बचाउनु महत्वपूर्ण छ । मेरो मान्यता यो छ कि थुप्रै मामिलामा सरकारको आलोचना सही छ ।’

‘सरकारलाई मानिसहरुले नै छानेको हो र उसले गर्नैपर्छ । मलाई लाग्छ कि जो अमानवीय छन्, उनीहरु गंगामा बगिरहेको शवबाट प्रभावित हुँदैनन् । तर आफ्नो फाइदाका लागि अन्य पार्टीले यो कुराको प्रयोग गर्नु पनि ठिक होइन । हामीले जनताको रुपमा रिस पोख्नुपर्छ ताकि जे भइरहेको छ, त्यसका लागि सरकार जिम्मेवार बनोस् ।’

प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा अनुपम खेरको यो परिवर्तित धारणा निकै अचम्मित पारिदिने किसिमको छ । दुई हप्ता अघि मात्रै उनले मोदीको आलोचना गरिएको ट्वीटको प्रतिक्रियामा लेखेका थिए, ‘आउन त मोदी नै आउँछन् ।’ अनुपम खेरको यो टिप्पणीको ट्वीटरमा निकै आलोचना भएको थियो ।

भारतमा कोरोनाको दोस्रो लहर घातक र त्रासदीयुक्त साबित भएको छ । भारतको स्वास्थ्य सेवा पूर्ण रुपमा ठप्प भएको छ र आधारभूत आवश्यकताका लागि अस्पताल जुधिरहेको छ ।

यस्तोमा अनुपम खेरले अन्य सेलिब्रिटसँग मिलेर मद्दत पुर्‍याउने काम सुरु गरेका छन् । अनुपम खेरले ‘हिल इन्डिया’ अभियान सुरु गरेका छन् । यसमार्फत् उनले भेन्टिलेटर र अक्सिजन कन्सेन्ट्रेटर्स प्रदान गर्दै आएका छन् । रातोपाटीबाट

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका