Wednesday, June 17, 2026
Home Blog Page 675

भारत-क्यानडा विवाद: अमेरिका क्यानडाको पक्षमा !

0

काठमाडौँ: खालिस्तानी समर्थक हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबीच तनाव चरम सीमामा छ ।

यसैबीच अमेरिकाले भारतले क्यानडालाई अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी अधिकारीको संलग्नता रहेको दाबी गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकार सम्मेलनमा भने, ुयी आरोपहरू अत्यन्त गम्भीर छन् र यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ भनेर स्पष्ट पारेका छौं । हामी भारत सरकारले क्यानडालाई अनुसन्धानमा सहयोग गरोस् भन्ने चाहन्छौं। पक्कै पनि उसले त्यो बाटो रोजेको छैन ।ु

जुन १८, २०२३ को साँझ क्यानडाको सरे सहरमा रहेको गुरुद्वाराबाट निस्कने क्रममा हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो ।

यो विषयमा क्यानडाले भारतीय राजदुतसहित उच्च कुतिनितीज्ञलाई पत्र काटेर आरोप लगाएपछि यो विषय अहिले फेरी बढेको हो । क्यानडाको पत्रपछि आफुहरुलाई क्यानडा सरकारप्रति भरोसा नभएको भन्दै आफ्ना राजदुतलाई फिर्ता बोलाएको थियो । अब यो प्रकरण चर्किदै गएपछि अहिले दुवै देशले एक अर्काका ६(६ कुटनीतिज्ञलाई निष्कासन गरेका छन् ।

इलन मस्कले ट्रम्पको चुनावी अभियानलाई अहिलेसम्म ७५ मिलियन डलर सहयोग गरे

0

काठमाडौं। एलन मस्कले तीन महिनामा डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर सहयोग गरेका छन्।

विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक एलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख डलर दान गरेका छन्।

सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो। मस्कले डोनाल्ड ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन डलर दिएका हुन्।

मस्कले जुलाईमा आक्रमणपछि ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए। तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ।

हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा मस्क पनि सहभागी थिए। यो त्यही ठाउँ हो जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो।

अमेरिकी चुनाव नोभेम्बरमा हुन लागेको छ, जहाँ वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन्।

रिपब्लिकन पार्टीबाट ट्रम्प चुनावी मैदानमा छन् । ट्रम्पले आफुले चुनाव जितेमा मस्कलाई आफ्नो सरकारमा महत्वपूर्ण जिम्मेवारी दिने समेत यस अघि नै घोषणा गरिसकेका छन्।

मेसीको ह्याट्रिकसहित बोलिभियाको पोष्टमा अर्जेन्टिनाको आधा दर्जन गोल

0

काठमाडौं: विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा गरेको छ।अर्जेन्टिनाले बोलिभियालाई ६-० गोल अन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए भने लाउतारो मार्टिनेज, जुलियन अल्भारेज र थियागो अल्माडाले एक एक गोल गरेका थिए।

यस खेलमा मेसीले २ गोल असिस्ट गर्दै राष्ट्रिय टिमका लागि अहिलेसम्म ५७ गोल असिस्ट गरेका छन्। त्यस्तै मेस्सीले यस खेलमा तीन गोल गरेसँगै उनको राष्ट्रिय टिमका लागि कुल गोल संख्या ११२ पुगेको छ। त्यस्तै उनको करियर गोल संख्या ८४६ पुगेको छ।

यो जितपछि अर्जेन्टिना विश्वकप छनौटमा १० खेलमा २२ अंकसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै बोलिभियाको १० खेलमा १२ अंक रहेको छ र सातौं स्थानमा रहेको छ।

हनिट्रयाप प्रकरण: प्रहरी निरीक्षककै संलग्नता- अदालतबाट पक्राउ पुर्जी जारी

0

काठमाडौँ । अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रहरीमा अपराधिक क्रियाकलापमा संलग्न भएका घटनाहरू बेला-बेलामा समाचारमा आउने गरेका छन्। यसैक्रममा हनिट्रयापमा संलग्न भई अवैध तरिकाबाट पैसा असुली कार्यमा लागेको अभियोगमा प्रहरी निरीक्षकमाथि नै अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

प्रहरी निरीक्षक बिनु शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुरका एसएसपी शेखर खनालले बताए ।

भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा एक जना सहायक हवलदार सहित ४ जना थुनामा छन् । थुनामा हुनेमा सुस्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेका हुन् ।

घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् । यसअघि गृह मन्त्रालयले शाहीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा बिकले असोज ६ मा भैँसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । त्यसपछि घटनाले नयाँ मोड लिएको थियो ।

प्रहरी समायोजन ऐन जारी गर्न मुख्यमन्त्री सिंहको आग्रह

0

जनकपुरधाम: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या आएको बताउनुभएको छ ।

‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ ६९औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरधाम, धनुषाद्वारा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले प्रहरी समायोजन ऐन जारी नहुँदा प्रदेश सरकार समस्यामा रहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “मधेस प्रदेशमा करिब ६२ लाख जनसङ्ख्या रहेको छ । यहाँको सुरक्षामा प्रहरीले गरेको भूमिका महत्वपूर्ण रहेको छ तर हामीसँग ऐन छैन, नीतिगत रुपमा काम गर्न सक्दैनौँ । ”

प्रदेशमा लागुऔषधको ओसारपसार, मानव तस्करी, राजस्व चुहावट तथा चोरी, डकैती, साइवर अपराध रोक्न प्रदेश सरकारका लागि ठूलो चुनौतीका रुपमा रहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि प्रहरी सङ्गठनले कडा रुपमा लाग्नुपर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो ।

उहाँले प्रहरी समायोजनसम्बन्धी ऐन नआए पनि प्रदेश सरकार तथा स्थानीय निकायले नेपाल प्रहरी सङ्गठनलाई सक्दो सहयोग गरेकोसमेत जानकारी दिनुभयो ।

सोही अवसरमा मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले सीमित साधनस्रोतका बाबजुद प्रहरी सङ्गठनले प्रदेशमा शान्तिसुरक्षा तथा सुशासन कायम गर्न खेलेको भूमिका अति महत्वपूर्ण रहेको छ भन्नुभयो । उहाँले देशमा शान्तिसुरक्षा कार्यमा निरन्तर खट्ने प्रहरी सङ्गठनलाई राज्यबाट समयसापेक्ष आधुनिक संरचनामा लैजाने तथा समयसापेक्ष सहयोग आवश्यक रहको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले प्रहरीले प्रत्येक कार्यमा जनतालाई सहभागी गराउँदै सुशासन दिने किसिमले कार्य गर्नुपर्ने आग्रह गर्नुभयो ।

मधेस प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले प्रदेशमा हुने लागुऔषध ओसारपसार, चोरी–डकैती घटना तथा सीमाक्षेत्रमा हुने अवैध कार्य रोक्नु चुनौतीपूर्ण भए पनि सुरक्षा निकाय गम्भीरतापूर्वक लागेको जानकारी दिनुहुँदै यो कार्यमा सबैको सहयोग आवश्यक रहेको आग्रह गर्नुभयो । सो प्रहरी दिवसका अवसरमा विभिन्न उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई मुख्यमन्त्री सिहंले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

डडेल्धुरा बस दुर्घटना: पाँच जनाको मृत्यु १२ जना घाइते

0

डडेल्धुरा: डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।

बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौंडी–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् । बस सडकबाट झन्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको छ । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशङ्कामा प्रहरीले खोजी जारी राखेको छ । स्थानीय सर्वसाधारण र प्रहरी खोजतलास जारी राखेका छन् । दुर्घटनाग्रस्त बस क्षतविक्षत भएको छ ।

बोटमा लटरम्म सुन्तला, रोग लागेपछि किसान चिन्तित

0

दमौली (तनहुँ): देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो ।

सुन्तला बगैँचा लगाउनुभएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताउनुभयो । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उहाँको माग छ ।

आफ्नो बगैँचामा पनि लटरम्म सुन्तला फलेका तर रोगव्याध लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई सताएको छ । सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजना भताभुङ्ग भएको दुखेसो उहाँले गर्नुभयो ।

तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभई काठमाडौँ उपत्यकामा पनि खपत हुने गरेको छ । गत वर्ष लुङग्रिङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सहयोग नपाएको सुनसरीका बाढीपीडितको गुनासो

0

इनरुवा(सुनसरी): हालैको अविरल वर्षाका कारण भोक्राहा नरसिंह गाउँपालिका–३ की ५० वर्षीया परमिला खत्वेको घरमा पाँच फिटसम्म पानी जमेको थियो । वर्षासँगै बाढी घरमा पसेपछि अन्नपात भेलमा बग्योभने ओढ्नेओछ्याउने पनि लगातारको झरीले हप्तौँसम्म अख्रन पाएनन् । विपद्का बेला कसैले सहयोग नगरेको र तीन दिनसम्म भोकै बस्नुपरेको पीडा गहभरि आँसु पारेर उहाँले सुनाउनुभयो ।

सोही स्थानकी कुमारी खत्वेको अवस्था पनि उस्तै रह्यो । सहायता सामग्री वितरणमा पालिकाले विभेद गरेकामा उहाँ क्रुद्ध हुनुहुन्छ । स्थानीय सरकारबाट सहयोग नपाउने परमिला र कुमारी खत्वे भोक्राहा नरसिंह गाउँपालिकाका प्रतिनिधि पात्र हुनुहुन्छ । नरसिंह गाउँपालिकाका अधिकांश बाढीपीडितले राज्यबाट सहायता नपाएको गुनासो गरेका छन् ।

राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले बाढीपीडितलाई प्रतिपरिवार रु १५ हजारका दरले वितरण गरेको भए पनि वास्तविक पीडितले उक्त रकम नपाएको भोक्राहा नरसिंह गाउँपालिका ७ का धीरेन्द्र कामैतले बताउनुभयो । नदिएको भोक्राहा नरसिंह गाउँपालिका– ७ का धीरेन्द्र कामैतले बताउनुभयो ।

बाढीबाट पीडित नभएकालाई सहयोग गरेको भोक्राहा नरसिंह गाउँपालिका–७ का अर्का पीडित चमरु मण्डलले गुनासो गर्नुभयो । पहुँचका आधारमा सहायता रकम वितरण गरिएको उहाँको दाबी छ ।

यसैबीच, बाढीपीडितले राज्यका कुनै निकायबाट सहयोग नपाएपछि भोक्राहा नरसिंह गाउँपालिका–३ नम्बर वडा कार्यालयमा सोमबार विरोधप्रदर्शन गरेका थिए । साथै उनीहरूले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय ताराचन मण्डलले बताउनुभयो ।

वडाध्यक्ष धीरेन्द्रकुमार यादवले आन्दोलनमा उत्रेकालाई लाभग्राहीको नाम शुक्रबारसम्ममा उपलब्ध गराउने र वार्ताको माध्यमबाट समस्या समाधान गर्ने बताउनुभयो ।

बाढीबाट भोक्राहा नरसिंह गाउँपालिकामा एक हजार दुई सय ९३ घर प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो

0

म्याग्दी: धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँचजना शेर्पाहरुको टोल शव उठाउन खटिएका छन् । घटनास्थलबाट इटाली आधार शिविरमा आज बिहान ११ बजेसम्म एकवटा शव झारेका र अन्य शव सङ्कलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरु हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।

आइ एम ट्रेकिंग एन्ड एक्सपिडिसनमार्फत १४ रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

कर छलेर ल्याइएका १० लाख बराबरका सामान बरामद

0

वीरगञ्ज(पर्सा): सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिनुभयो । यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो।