Thursday, May 7, 2026
Home Blog Page 52

ओली–लेखकदेखि प्रहरी अधिकारीसम्म : यी हुन् जाँचबुझ आयोगले डामेकाहरु (सूचीसहित)

0

काठमाडौँ । भदौ २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्र आसपास ‘जेनजी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति र सुरक्षा कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही सिफारिस गरेको छ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लाई ‘फौजदारी लापरवाही’ तथा जिम्मेवारीबाट पन्छिएको ठहर गर्दै मुख्य दोषीको रूपमा उल्लेख गरेको छ। प्रतिवेदनअनुसार चार घण्टासम्म गोली चल्दा पनि स्थिति नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएको र मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरिएको छ।

आयोगले ओली र लेखकसँगै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लाई समेत घटनाको मुख्य जिम्मेवार ठहर गर्दै मुलुकी अपराध संहिताअनुसार ‘लापरबाहीपूर्ण कार्य’मा कारबाही गर्न सिफारिस गरेको छ।

उच्च प्रशासनिक तथा सुरक्षा अधिकारीमाथि सिफारिस:
तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविराज रिजालमाथि पनि कारबाही सिफारिस गरिएको छ।

नेपाल प्रहरीतर्फ:
प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिबिक्रम शाह, नायव महानिरीक्षक ओमबहादुर राना, वरिष्ठ उपरीक्षक विश्व अधिकारी र दीप शम्शेर जबरा, उपरीक्षक ऋषिराम कँडेल तथा अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीमाथि कारबाही सिफारिस गरिएको छ।

सशस्त्र प्रहरी बलतर्फ:
अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठ र उपरीक्षक जीवन केसीमाथि पनि कारबाही सिफारिस गरिएको छ।

राष्ट्रिय अनुसन्धान विभागतर्फ:
सह–निर्देशक कृष्णप्रसाद खनाल र सह–अनुसन्धान निर्देशक रिबेन कुमार गच्छदारलाई पनि जिम्मेवार ठहर गरिएको छ।

नेपाली सेनातर्फ:
सहायक रथी मनोज बैदवार, प्रमुख सेनानी दिवाकर खड्का र गणेश खड्का तथा सेनानी सन्तोष ढुङ्गेलमाथि पनि कारबाही सिफारिस गरिएको छ।

आयोगले आन्दोलनका क्रममा भीड उक्साउने र शान्ति भंग गर्ने गतिविधिमा संलग्न भनिएका मोटरसाइकल समूहलाई पनि फौजदारी संहिताअनुसार छानबिन गर्न सुझाव दिएको छ।

प्रतिवेदनले घटनालाई गम्भीर सुरक्षा विफलता र जिम्मेवारीहीनताको परिणामका रूपमा चित्रण गर्दै सम्बन्धित निकायलाई आवश्यक कानुनी कारबाही अघि बढाउन आग्रह गरेको छ।

८ नेपाली खेलाडी EU T20 League मा, विदेशी लिगमा नयाँ कीर्तिमान

0
Generated by Gemini

काठमाडौं । नेपालका ८ जना क्रिकेट खेलाडी बेल्जियममा आयोजना हुने EU T20 League का लागि विभिन्न टोलीसँग आबद्ध भएका छन्। नेपालको बाहेक एकै पटक यति धेरै नेपाली खेलाडीले विदेशी लिग खेल्न लागेको यो पहिलो पटक हो।

मंगलबार राति बेल्जियमको राजधानी ब्रसेल्स मा सम्पन्न ड्राफ्टबाट ६ खेलाडी छनोट भएका थिए भने यसअघि नै २ खेलाडी टोलीमा अनुबन्ध भइसकेका थिए।

यसअघि सन्दीप लामिछाने लाई लिएज रेड लायन्स र दीपेन्द्रसिंह ऐरी लाई जेबी ब्रुजले टोलीमा समेटिसकेका थिए।

ड्राफ्टमार्फत कप्तान रोहितकुमार पौडेल ग्लेन्ट ग्लाडियटर्समा आबद्ध भए भने विकेटकिपर ब्याटर आसिफ शेख लाई आन्थ्रोप एंकर्सले लिएको छ।

जेबी ब्रुजले दीपेन्द्रसिंह ऐरीसँगै थप चार नेपाली खेलाडी—अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशीईशान पाण्डे—लाई ड्राफ्टबाट टोलीमा समेटेको छ।

टोलीअनुसार नेपाली खेलाडी:

  • आन्थ्रोप एंकर्स – आसिफ शेख
  • ग्लेन्ट ग्लाडियटर्स – रोहितकुमार पौडेल
  • जेबी ब्रुज – दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी, ईशान पाण्डे
  • लिएज रेड लायन्स – सन्दीप लामिछाने

जेबी ब्रुज टोली नेपाल प्रिमियर लिगको जनकपुर बोल्ट्ससँग सम्बन्धित लगानीकर्ता कम्पनी Dream Sports को स्वामित्वमा रहेको छ।

बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता EU T20 League आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुनेछ। लिग Belgian Cricket FederationDestiny Legends Sports LLC को सहकार्यमा आयोजना हुन लागेको हो।

लिगमा पाँच फ्रेन्चाइज टोली—आन्थ्रोप एंकर्स, ग्लेन्ट ग्लाडियटर्स, एक्सेल युनाइटेड, जेबी ब्रुज र लिएज रेड लायन्स—ले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीमा १८ खेलाडी रहने व्यवस्था गरिएको छ।

इंग्ल्यान्डका पूर्व कप्तान इयोन मोर्गन लिगका ग्लोबल ब्रान्ड एम्बेसडर रहेका छन्।

राष्ट्रपति पौडेल आफ्नी छोरीलाई राष्ट्रिय सभा सांसद बनाउन चाहन्थे, नपाएको झोंकमा अर्यालको नाम होल्ड

0

काठमाडौं । मन्त्रिपरिषदले राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि गृहमन्त्री ओमप्रकाश अर्याल को नाम सिफारिस गरे पनि राष्ट्रपति रामचन्द्र पौडेल ले त्यसलाई अनुमोदन गरेका छैनन्।

राष्ट्रपतिले संविधानको धारा ८७ (ङ) विपरीत सिफारिस भएको, नयाँ सरकार गठनको अन्तिम समयमा सिफारिस गरिएको तथा उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको जस्ता कारण देखाउँदै मनोनयन रोकेको जनाइएको छ।

चैत १ गते बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि आवश्यक प्रक्रियागत कार्य पूरा गरी सिफारिस राष्ट्रपति कार्यालयमा पठाइएको थियो।

यस विषयमा विभिन्न राजनीतिक र प्रशासनिक तहमा छलफल र चासो बढेको छ। राष्ट्रपतिको निर्णयसँग सम्बन्धित कारणहरूबारे विभिन्न कोणबाट चर्चा भइरहे पनि आधिकारिक रूपमा सार्वजनिक गरिएका कारणहरू भने संवैधानिक र प्रक्रियागत पक्षसँग सम्बन्धित रहेका छन्।

सरकारको तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन।

अर्जुननरसिंह केसी ले लिए ज्येष्ठ सदस्यको शपथ, भोलि सांसदहरूको सपथ ग्रहण

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा केसीले ज्येष्ठ सदस्यका रूपमा शपथ लिएका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू तथा संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सदस्यहरूमध्ये केसी ज्येष्ठ सदस्य हुन्। उक्त निर्वाचनमार्फत प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्। नेपाली कांग्रेस का नेता केसी समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।

ज्येष्ठ सदस्य केसीले भोलि चैत १२ गते प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

नक्कली सुन देखाएर ठगी गर्ने गिरोहका चार पक्राउ

0

रौतहट । प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वमा मंगलबार दिउँसो होटलको कोठा नम्बर १०२ मा छापा मारिएको थियो। अवैध सुन किनबेच भइरहेको सूचनापछि पुगेको प्रहरी टोलीले खानतलासी गर्दा नक्कली सुनका टुक्रा र सम्बन्धित उपकरण बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय अरविन्द चौधरी, रौतहट बौधीमाई नगरपालिका–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बङ्गाल (मिलिगुडी) का ३० वर्षीय संजोक बस्नेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार उनीहरूको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका चार टुक्रा, पोलेर कालो बनाइएको धातु एक थान, पोलेर टुक्रा पारिएको धातु दुई थान, एक थान दूरबिन र छ वटा मोबाइल बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले नक्कली सुनलाई सक्कली भन्दै सर्वसाधारणलाई झुक्याएर बिक्री गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको खोजी कार्य समेत जारी रहेको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनदेखि संविधान संशोधनसम्म छलफल

0

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक विषय, सुशासन स्थापना, संविधान संशोधनका लागि अध्ययन तथा सुझाव दिन विज्ञसहितको समिति गठन, पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका तथा केन्द्रीय निर्वाचन समिति गठनका विषयमा छलफल हुने जनाइएको छ।

त्यस्तै, प्रतिनिधिसभा सदस्यहरूको अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान, प्रदेश र स्थानीय सरकारको समीक्षा तथा समन्वय, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिसम्बन्धी विषय, केन्द्रीय लेखा समिति गठन लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ।

बैठकमा हालसम्म १८ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन्।

ज्येष्ठ सदस्य केसीलाई आज शपथ, भोलि सांसदहरूको सपथ ग्रहण

0

काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११:१५ बजे शपथ ग्रहण कार्यक्रम हुने जनाइएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्।

निर्वाचनमार्फत प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्य निर्वाचित भएका छन्। नेपाली काँग्रेसका नेता केसी समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।

ज्येष्ठ सदस्यका रूपमा केसीले भोलि चैत १२ गते प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।

निर्माण क्षेत्र सुधारका एजेण्डासहित आङ दोर्जे लामाको अध्यक्षमा उम्मेदवारी

0
generated by Gemini

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आगामी चैत १७, १८ र १९ गते हुने २६औँ साधारणसभा तथा निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।

महासंघको केन्द्रीय सदस्य, उपमहासचिव, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका लामाले निर्माण क्षेत्रका दीर्घकालीन (क्रोनिक) समस्या समाधान गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्।

लामाका अनुसार निर्माण क्षेत्र हाल बहुआयामिक संकटबाट गुज्रिरहेको छ। निर्माण ढिलाइको सम्पूर्ण दोष ठेकेदारलाई मात्रै दिने प्रवृत्ति गलत रहेको उनको भनाइ छ। समयमै भुक्तानी नहुनु, बजेट सुनिश्चित नगरी ठेक्का लगाइनु, जग्गा प्राप्ति तथा वन फँडानीमा कानुनी अड्चन, र डिजाइनसम्बन्धी त्रुटिका कारण धेरै आयोजना प्रभावित भएको उनले उल्लेख गरे।

राजनीतिक अस्थिरताका कारण मन्त्री र प्रधानमन्त्रीको बारम्बार फेरबदल हुँदा पर्याप्त बजेट नभएका योजनामा पनि ठेक्का लगाउने प्रवृत्ति बढेको भन्दै यसले निर्माण व्यवसायीलाई थप समस्यामा पारेको उनले बताए।

आफ्नो कार्यकालका उपलब्धि स्मरण गर्दै उनले पाँच प्याकेजको अवधारणाले एउटै व्यवसायीले धेरै ठेक्का ओगट्ने प्रवृत्ति नियन्त्रण गरेको बताए। साथै, न्यून दर (लो–बिड) मा ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिलाई नीतिगत रूपमा सुधार गर्न पहल गरिएको उनको दाबी छ।

निर्वाचनमा प्यानलसहित जानु लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै उनले साना तथा ठूला सबै निर्माण व्यवसायीको हित सन्तुलित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। सहमतिको प्रयास जारी रहे पनि प्रतिस्पर्धाका लागि आफ्नो टोली तयार रहेको उनले स्पष्ट पारे।

लामाले निर्माण क्षेत्रमा माग र आपूर्तिबीचको असन्तुलन अहिलेको मुख्य चुनौती भएको बताए। स्थानीय तहबाट अनियन्त्रित रूपमा ‘डी’ क्लासका फर्म दर्ता हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेको र न्यून बिडिङको प्रवृत्ति मौलाएको उनको भनाइ छ। नयाँ दर्ता प्रक्रियालाई व्यवस्थित गर्न सरकारसँग पहल गर्ने उनले जनाए।

‘कन्स्ट्रक्सन होलिडे’ को प्रस्ताव
रुस–युक्रेन युद्ध र इन्धन संकटका कारण निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै उनले आवश्यक परे ‘कन्स्ट्रक्सन होलिडे’ लागू गर्नुपर्ने सुझाव दिए। मूल्य समायोजनको स्पष्ट व्यवस्था नभए व्यवसायीले घाटा बेहोरेर काम गर्न नसक्ने उनको तर्क छ। तर, सरकारले उचित मूल्य समायोजनको ग्यारेन्टी गरेमा काम अघि बढाउन तयार रहेको उनले बताए।

नीतिगत सुधार र ‘छाता ऐन’ को आवश्यकता
लामाले सार्वजनिक खरिद ऐन, वन ऐन, वातावरण ऐन लगायतका कानुनबीचको असंगतिले निर्माण कार्यमा अवरोध सिर्जना गरेको उल्लेख गर्दै समग्र पूर्वाधार क्षेत्रलाई समेट्ने ‘छाता ऐन’ ल्याउनुपर्ने आवश्यकता औंल्याए। सार्वजनिक खरिद ऐनको दफा ५९ (८) संशोधन गर्नुपर्ने उनको माग छ।

प्रशासनिक ढिलासुस्तीप्रति असन्तुष्टि
निर्माण ढिलाइमा प्रशासनिक संयन्त्र पनि जिम्मेवार रहेको भन्दै उनले कर्मचारीहरू अख्तियारको डरले निर्णय लिन ढिलाइ गर्ने गरेको आरोप लगाए। आयोजना प्रमुख र इन्जिनियरहरूको बारम्बार सरुवाले काममा अवरोध सिर्जना हुने भन्दै परियोजना सम्पन्न नभएसम्म प्रमुखलाई स्थिर राख्नुपर्ने उनले सुझाव दिए।

स्थिर सरकारप्रति आशा
हालैको राजनीतिक परिवेशले स्थिर सरकार बन्ने संकेत देखिएको भन्दै लामाले यसले निर्माण क्षेत्र सुधारका लागि अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। ऐन–कानुन संशोधनमार्फत क्षेत्रका समस्या समाधान गर्न सकिने उनको भनाइ छ।

कमलादीस्थित प्रज्ञा भवनमा हुने अधिवेशनमा देशभरबाट आउने प्रतिनिधिहरूलाई इमान्दार र जिम्मेवार नेतृत्व चयन गर्न उनले आग्रह गरेका छन्। साथै, विगतका सहमतिहरू कार्यान्वयन गर्दै रुग्ण आयोजनालाई बजेट सुनिश्चित गरेर सम्पन्न गर्ने वा आपसी सहमतिमा अन्त्य गर्ने नीति आवश्यक रहेको उनले जोड दिए।

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

कांग्रेस महाधिवेशन भदौमा गर्ने प्रस्ताव

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव पेश गरेका छन्।

पार्टीको केन्द्रीय समिति बैठकमा उनले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने प्रस्ताव अघि सारेका हुन्।

सानेपास्थित पार्टी मुख्यालयमा जारी बैठकमा सभापति थापाले कार्यतालिकासहित मिति प्रस्ताव गरेका छन्। यसबारे अन्तिम निर्णय भने यही केन्द्रीय समिति बैठकले गर्नेछ।