Monday, June 29, 2026
Home Blog Page 500

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

0

काठमाडौँ: जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरको भूकम्प गएको हो ।

यसअघि गत चैत २२ गते सोही स्थानमा केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।

एनआरएनए एकता महाधिवेशनमा उम्मेदवार बन्न सबैलाई खुला, २२ अप्रिलसम्म आवेदन दिन सकिने

0

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि उम्मेदवार बन्ने प्रक्रिया सबै प्रतिनिधिका लागि खुला गरिएको छ। सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिको आइतबार सम्पन्न बैठकले संघको लोकतान्त्रिक पुनर्संरचनाका लागि यस्तो निर्णय गरेको हो।

समितिकी सदस्य–सचिव जानकी गुरुङले भनिन्, “संस्थालाई पूर्ण रूपमा लोकतान्त्रीकरण गर्दै नयाँ विधान निर्माणको तयारीमा छौं। त्यसैले सबै डेलिगेट्सले आइसिसीका कुनै पनि पदमा उम्मेदवारी दिन पाउने गरी प्रक्रिया खुला गरिएको हो।”

उम्मेदवारी दिन चाहने डेलिगेट्सले www.nrnahlc.com वेबसाइटमार्फत आवेदन दिनुपर्नेछ। डेलिगेट्स बन्ने आवेदनको अन्तिम म्याद २०२५ अप्रिल २२, राति १२ बजे (नेपाली समय) तोकिएको छ। उक्त समयावधिपछि थप समय नदिइने गुरुङले स्पष्ट पारिन्।

बैठकमा विभिन्न उपसमितिहरूका संयोजकहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए। अब समितिको ध्यान डेलिगेट्स प्रमाणीकरण प्रक्रियातर्फ केन्द्रित हुने जनाइएको छ।

यस्तै, बैठकले ६ क्षेत्रका लागि एक–एक जना उप–क्षेत्रीय संयोजक (डीआरसी) थप गर्ने निर्णय पनि गरेको छ। साथै, संघका पूर्व अध्यक्ष देवमान हिराचनको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरिएको छ, जसमा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिहरू पदेन सदस्य रहनेछन्।

उच्चस्तरीय समितिले खुला छलफल, संवाद र सहमतिको माध्यमबाट संस्थामा एकता कायम गर्न र आगामी २०२५ मे ३ देखि ५ गतेसम्म काठमाडौंमा प्रस्तावित एकता महाधिवेशनलाई सफल पार्न सम्पूर्ण पक्षलाई आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न अपिलसमेत गरेको छ।

“राजसंस्थाको पुकार: एकताको कविता”

0

कविता

ई. चिरञ्जीवी भटराई

धुलोले ढाकिएको छ इतिहास हाम्रो,

जहाँ हरेक ईँटामा छ राष्ट्रको स्वाभिमान।

गुमेको त्यो गौरव, टुक्रिएको त्यो सपना,

फेरि उठ्न, हामीलाई चाहिएको छ एक बलियो थाम।

राजा थिए, जब देश एक थियो,

सपना पुरा गर्न एकताको गीत थियो।

आज हरेक गल्लीमा छ अविश्वासको आवाज,

समाधान होइन, झनै गहिरिएको छ समाज।

विदेशिएका छन् युवाहरू,

भविष्य खोज्दै पराई भूमिमा।

देशमा रोजगारी छैन,

छ सत्ताका वरिपरि भरिएका मानिसहरू।

अब नेतृत्वको खाँचो छ,

जो सधैं देश र जनताको माया गर्छ।

जो पक्षपात होइन,

सबै नेपालीलाई समान नजरले हेर्छ।

राजसंस्था फेरि फर्कनुपर्छ,

समृद्धिको ढोका फेरि खोल्नुपर्छ।

हामी सबै मिलेर गर्जनुपर्छ,

“राजा फर्काउ, देश बचाउ!” भनेर बोल्नुपर्छ।

आजको यो कविता हो,

भोलिको त्यो गाथा बन्नेछ।

एकता, विश्वास, र नेतृत्वसँगै,

नेपाल फेरि उज्यालोमा चम्कनेछ।

(लेखक नागरिक विद्रोहका जनसम्पर्क प्रमुख हुन्।)

अफिसबाट १ मिनेट चाँडै निस्किँदा जागिर चट् !

0

काठमाडौं । चीनको ग्वाङ्झाउ शहरमा कार्यरत वाङ नामकी एक महिलालाई कार्यालय समय सकिनुभन्दा एक मिनेट अघि बाहिरिएको आरोपमा जागिरबाट हटाइएको छ। उनले एक महिनाको अवधिमा जम्मा ६ पटक मात्र निर्धारित समयभन्दा एक मिनेट चाँडो कार्यालय छोडेकी थिइन्। तर अब अदालतले कम्पनीको निर्णयलाई ‘गैरकानूनी’ ठहर गरेको छ।

वाङले सो कम्पनीमा तीन वर्षसम्म काम गरेकी थिइन् र उनको कामको मूल्याङ्कन सधैं उत्कृष्ट रहेको बताइएको छ। तर कार्यालयको निगरानी क्यामेराको फुटेजको आधारमा कम्पनीले उनीलाई एकतर्फी रूपमा बर्खास्त गरेको थियो।

अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ, “केवल एक मिनेट चाँडो कार्यालय छोड्नु चाँडै निस्किएको मानिँदैन। कम्पनीले न त कर्मचारीलाई कुनै चेतावनी दियो, न त सुधारको अवसर प्रदान गर्‍यो। त्यसैले बर्खास्तगी प्रक्रिया गैरकानूनी हो।”

अदालतले कम्पनीलाई वाङलाई उचित क्षतिपूर्ति दिन आदेश दिएको छ, यद्यपि क्षतिपूर्तिको रकम भने खुलाइएको छैन।

यसअघि, नोभेम्बर २०२४ मा एक कर्मचारीलाई कार्यस्थलमा सुतिरहेको आरोपमा हटाइएको थियो, तर अदालतले निर्णय उल्ट्याउँदै उनलाई ४१ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो। यस्तै, मार्च २०२५ मा बेइजिङस्थित एक कानुनी फर्मलाई कर्मचारीहरूलाई अत्यधिक ओभरटाइम गराएको आरोपमा जरिवाना गरिएको थियो, जसले सामाजिक सञ्जालमा निकै प्रशंसा बटुलेको थियो।

अमेरिकाले आज विद्युतीय उपकरणको लागि छुट्टै कर घोषणा गर्दै

0

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको प्रशासनले ‘अर्धचालक शुल्क’ सम्बन्धी विवरण आज सार्वजनिक गर्ने बताएका छन्।

एयर फोर्स वन (अमेरिकी राष्ट्रपतिको विशेष विमान) मा मिडियासँग कुरा गर्दै ट्रम्पले आगामी योजना बारे संकेत दिएका हुन्।

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले पनि स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक सामानहरूमा लाग्ने पारस्परिक कर केही समयका लागि हटाइएको जानकारी दिएका छन्। तर उनले यस्तो छुट अस्थायी भएको र भविष्यमा ती सामानहरूमा छुट्टै “अर्धचालक शुल्क” लगाउने तयारी भइरहेको बताए।

ट्रम्प प्रशासनले हालै चीनबाट आयात हुने मोबाइल फोन, कम्प्युटरलगायतका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरूलाई पारस्परिक करबाट छुट दिने घोषणा गरेको थियो।

जेलेन्स्कीले ट्रम्पलाई भने ‘आएर युक्रेनको अवस्था हेर्नुहोस्’

0

काठमाडौँ: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन्। उनले रुससँग युद्ध अन्त्यका लागि कुनै पनि सम्झौता गर्नु अघि ट्रम्पले युक्रेन आएर वास्तविक अवस्था अवलोकन गर्नुपर्ने बताएका छन्।

जेलेन्स्कीले भने, “कृपया कुनै पनि निर्णय वा छलफल अघि युक्रेन आउनुहोस्—यहाँका मानिसहरूलाई हेर्नुहोस्, सैनिकहरू, अस्पतालहरू, चर्चहरू, नष्ट गरिएका घरहरू र मारिएका बालबालिकाहरूलाई हेर्नुहोस्।”

उनीले अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजको ‘६० मिनेट’ कार्यक्रममा यस्तो बताएका हुन्।

यो अन्तर्वार्ता आइतबार युक्रेनी शहर सुमीमा रूसी क्षेप्यास्त्र आक्रमण हुनुभन्दा अगाडि रेकर्ड गरिएको थियो। सो आक्रमणमा दुई बालबालिकासहित ३४ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए।

सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुग्योः देउवा

0

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालका विभिन्न भाषाहरू संरक्षण गर्न आवश्यकता रहेको बताएका छन्।

बिसु पर्वको अवसरमा देउडा समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले देशका विविध भाषाहरू हराउने खतरामा परेको उल्लेख गर्दै यसलाई बचाउन एकजुट हुन आह्वान गरे। उनले भाषा हराएपछि समुदाय कमजोर हुने र सामाजिक एकतामा असर पर्ने बताए।

सुदूरपश्चिमका भाषाहरू विलुप्त हुँदै गएको उल्लेख गर्दै उनले देउडा समाजलाई भाषा संरक्षणमा सक्रिय भूमिका निभाउन आग्रह गरे। विश्वभरका मानिसहरू आफ्नो भाषा बचाउन सचेत भएको बेलामा नेपालले पनि यसलाई प्राथमिकता दिनुपर्ने उनले जोड दिए।

यसअघि, सुदूरपश्चिमबाट काठमाडौं आएका देउडा समुदायले परम्परागत देउडाखेल खेल्दै हर्षोल्लासका साथ बिसु पर्व मनाएका थिए।

अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छः राष्ट्रपति पौडेल

0

भक्तपुर: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली अर्थतन्त्रमा सुधार ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति प्राप्त गर्ने आवश्यकतामा जोड दिएका छन्।

नगरकोटको बतासे डाँडामा आज आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नेपाली जनताको तीव्र विकास आकांक्षालाई पुरा गर्न साझा दायित्वको महत्वलाई रेखांकित गरे।

राष्ट्रपति पौडेलले भने, “पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रका आधारस्तम्भ हुन्। यी क्षेत्रका समस्याहरू समाधान गर्दै उपयुक्त नीति, कानूनी व्यवस्था र अवसर सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो। रोजगार सृजन, लगानीयोग्य वातावरण निर्माण, उत्पादन लागत घटाएर प्रतिस्पर्धा प्रवर्धन र औद्योगिकरणलाई प्रोत्साहन गर्नु अत्यन्त आवश्यक छ। न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति प्राप्त गर्दै अर्थतन्त्रमा सुधार ल्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसाथ तीव्र विकासको आकांक्षा पुरा गर्न सबैले मिलेर काम गर्नुपर्छ।”

सांस्कृतिक, ऐतिहासिक र धार्मिक धरोहरलाई आर्थिक विकासमा परिणत गर्न पूर्वाधार र कौशल वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले नेपाल र विश्वका पर्यटन बजारमा यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य र संस्कृति प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई समृद्धि र आयआर्जनको आधार बनाउन सकिने ठूलो सम्भावना रहेको बताए।

उनले भने, “पर्यटकीय उपजको व्यवसायीकरण गरी यसको लाभको समान्य वितरण सुनिश्चित गर्न आवश्यक छ। पर्यटकीय वस्तुहरूको विकास, बजारीकरण र सहज पहुँचका लागि व्यवस्था गर्दै नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पर्छ।”

राष्ट्रपति पौडेलले नगरकोटको प्राकृतिक सौन्दर्य, सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि यस क्षेत्रको महत्त्वको उच्च मूल्याङ्कन गरे। साथै, यस क्षेत्रका ऐतिहासिक र सांस्कृतिक स्थलहरूलाई जोडेर नगरकोटलाई पर्यटकीय गन्तव्यको रूपमा थप प्रवर्द्धन गर्न स्थानीय बासिन्दा, उद्यमी, पर्यटन व्यवसायीहरू, संघ र प्रदेशका सरकारहरूको सहकार्य महत्वपूर्ण रहेको बताए।

राष्ट्रपति पौडेलले नगरकोटको निकटवर्ती विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर, महादेव पोखरी, मञ्जुश्री गुफा, ऐतिहासिक भङ्गेरी र पुतली दरबार जस्ता स्थलहरूलाई पर्यटनको दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले नगरकोट क्षेत्रलाई बढी सुविधा सम्पन्न र आधुनिक बनाउन सडक स्तरोन्नतिका लागि ध्यान दिनुपर्ने आवश्यकता व्यक्त गरे।

राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे कि नगरकोट भ्रमण वर्षले पर्यटन क्षेत्रलाई विकास गर्दै मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउनेछ।

नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रपति पौडेलले शान्ति, दिगो विकास, समावेशी समाज र आर्थिक समृद्धिका साथ संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा सबैलाई प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोटको ऐतिहासिक, सम्पदा र पर्यटकीय महत्त्वको चर्चा गर्दै भ्रमण वर्षले धुलिखेल, पनौती, नमोबुद्ध, शिवपुरी र चन्द्रागिरिसम्म पर्यटन क्षेत्रको विकास गर्ने बताए। महाभूकम्प र कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार आएको उल्लेख गर्दै उनले सरकारले आर्थिक वृद्धि र लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।

पूर्वमन्त्री गोकुल बाँस्कोटाले नगरकोट हिमाल र सूर्यास्त, स्काई पर्यटन र जलपर्यटनको विकास गर्ने योजनाबारे जानकारी दिए। बागमती प्रदेशका पर्यटन मन्त्री विमल ठकुरीले भ्रमण वर्षलाई पर्यटनको विकासको लागि कोशेढुङ्गा सावित हुने बताए।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटको भ्रमण वर्षले देशभरका आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे र नगरकोटलाई सरकारद्वारा पर्यटकीय क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने कुरा उठाए।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले संयुक्त रूपमा आयोजित भ्रमण वर्षले यहाँको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।

आजदेखि नगरकोट भ्रमण वर्ष

0

काठमाडौँ, बैशाख १ : नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रबर्द्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आजदेखि सञ्चालन हुनेछ। यो कार्यक्रम चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गर्ने हो। कार्यक्रम नगरकोटको प्रसिद्ध ‘बतासेडाँडा’ मा हुनेछ।

भ्रमण वर्षभरि चल्नेछ र यसमा एक लाख अन्तर्राष्ट्रिय तथा १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा भ्रमण वर्ष आयोजना गरिएको हो, जसको प्रवद्र्धकको रूपमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड छन्।

कार्यक्रमको सफलताका लागि मण्डन देउपुर नगरपालिकाका नगरप्रमुख टोपबहादुर वाइबाको संयोजकत्वमा एक हजार १०१ सदस्यीय संयुक्त मूल आयोजक समिति गठन गरिएको छ। यस समितिमा चाँगुनारायण नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, शङ्खरापुर नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, मण्डन देउपुर उपप्रमुख विष्णुमणि नेपाल र चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू समावेश छन्। यसका साथै नौ वटा उपसमितिहरू पनि गठन गरिएको छ।

भ्रमण वर्षको अवसरमा नगरकोटसँग सम्बन्धित चारवटै नगरपालिकाको पर्यटकीय स्थल, कृषि पर्यटन, स्थानीय जातजाति, वेशभूषा, जात्रा, पर्व र सांस्कृतिक पहिचानलाई उजागर गर्दै होमस्टेको विस्तार गरिने छ। चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले राससलाई जानकारी दिनुभयो।

परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

0

इलाम: नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा नेपालका लागि नियुक्त १५ देशका राजदूतहरू शनिबार इलामको प्रसिद्ध पर्यटकीय स्थल कन्याम आइपुग्नुभएको छ।

परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा सूर्योदय नगरपालिकाको समन्वयमा आयोजित अनौपचारिक भ्रमणका क्रममा प्रतिनिधिमण्डल आज अपराह्न कन्याम आएको हो।

परराष्ट्रमन्त्री देउवासहित परराष्ट्र मन्त्रालयका सचिव अमृत राई, पर्यटन बोर्डका पदाधिकारीहरू तथा १५ देशका राजदूतसहित ४५ जना उच्चपदस्थ अधिकारीहरूले भ्रमणमा सहभागिता जनाउनुभएको छ। इलामको सूर्योदय नगरपालिकाले वडा नं ४ स्थित श्रीअन्तुमा टोलीलाई विशेष स्वागत गरेको थियो। कन्याम आगमनका क्रममा पञ्चैबाजासहित अतिथिहरूको सांस्कृतिकरूपमा स्वागत गरिएको थियो।

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यतालिकाअनुसार राजदूतहरूलाई मुलुकका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गराउने उद्देश्यले यो भ्रमण आयोजना गरेको हो। भ्रमणमा सहभागी राजदूतहरू इजिप्ट, दक्षिण कोरिया, बेलायत, स्वीट्जरल्यान्ड, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रान्स, इजरायल र जापानलगायतका देशहरूबाट हुनुहुन्छ।