Tuesday, June 30, 2026
Home Blog Page 495

सकियो बृहत् मुस्ताङ सरसफाइ अभियान

0

मुस्ताङ: ‘मौलिक संस्कृति र पर्यावरण बचाऔँ, वातावरण प्रदूषण घटाऔँ, मुस्ताङ जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरौँ’ भन्ने नारासहित सञ्चालन गरिएको पाँचदिने बृहत् सरसफाइ तथा जनचेतनामूलक अभियान शनिबार समापन भएको छ।

जिल्ला समन्वय समितिको अगुवाइमा मुस्ताङका पाँचवटै स्थानीय तहले संयुक्त रूपमा सञ्चालन गरेको अभियानको समापन म्याग्दी–मुस्ताङ सिमाना काभ्रेभिरमा गरिएको हो।

यसअघि अभियान चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकाबाट सुरु गरिएको थियो। अभियानमा थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनसहित सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेख्य सहभागिता थियो।

अभियानको उद्देश्य धार्मिक तथा पर्यटकीय क्षेत्रको फोहरमैला व्यवस्थापनमार्फत पर्यटक, व्यवसायी तथा आम नागरिकमा सरसफाइप्रति चेतना अभिवृद्धि गर्नु रहेको थियो।

एक सय ४५ किलोमिटर दूरीमा सरसफाइ

कोरला नाकाबाट सुरु भएको फोहर व्यवस्थापन अभियान न्हेचुङ भन्सार, झोङ गुफा, ठिङ्गर, लोमान्थाङ, लोघेकर गुम्बा, लुरी गुम्बा, छुसाङ, कागबेनी श्राद्धस्थल, मुक्तिनाथ, ढुम्बाताल, जोमसोम, मार्फा, टुकुचे, कोवाङ, सेकुङ ताल, लेते हुँदै घाँसासम्म फैलिएको थियो। अभियानले करिब १४५ किलोमिटर दूरी समेटेको थियो।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार अभियानमा झन्डै १० ट्रयाक्टरभन्दा बढी फोहर संकलन गरिएको छ। “सङ्कलन गरिएको नकुहिने फोहरलाई जोमसोमस्थित प्रशोधन केन्द्रमा पठाउने तयारीमा छौं,” अध्यक्ष विष्टले जानकारी दिनुभयो।

जलवायु परिवर्तनप्रति चिन्ता

अभियानको समापनमा सरोकारवालाहरूले जलवायु परिवर्तनका असरप्रति गम्भीर चिन्ता व्यक्त गरे। जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले हिमाली क्षेत्रमा तापक्रम वृद्धि र हिमाल पग्लँदै गएकोले वातावरण सन्तुलनमा प्रतिकूल असर परेको बताउनुभयो। “प्राकृतिक सौन्दर्यता र पर्यावरण जोगाउन सके मात्र दिगो पर्यटन सम्भव हुन्छ,” उहाँले भनिन्।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले फोहरमैला व्यवस्थापन वडा तहबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले स्थानीय तहलाई अधिकार प्राप्त भएकाले सरसफाइ अभियानमा पूर्ण रुपमा जिम्मेवारी लिनुपर्ने बताए।

समन्वयको उदाहरणीय अभ्यास

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले अभियानले स्थानीय तहबीचको समन्वय, मित्रता र एकताको उदाहरण प्रस्तुत गरेको बताउँदै भने, “यसले देशभरका सात सय ५३ वटै पालिकाका लागि अनुकरणीय अभ्यास प्रस्तुत गरेको छ।”

सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण

0

दोधारा चाँदनी (कञ्चनपुर): कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि बल्ल निर्माण भइरहेको छ।

पुल निर्माणका लागि २०७२ साल पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार २०७५ पुसभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने भए पनि विभिन्न प्राविधिक समस्याका कारण काम समयमा अघि बढ्न सकेन।

डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार प्रारम्भिक चरणमा तीनवटा पिलर निर्माण भए पनि फाउन्डेसनमा समस्या देखिएपछि निर्माण रोकिएको थियो। “पिलरको जगमै समस्या देखिएपछि लागत नबढ्ने गरी डिजाइन परिमार्जन गरेर पुलको स्थान परिवर्तन गर्नु परेको हो,” उहाँले जानकारी दिनुभयो।

सबइन्जिनियर रानाका अनुसार हाल पुल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ र आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ठेक्का सम्झौताअनुसार भने काम माघ महिनासम्म सम्पन्न गर्नुपर्ने हो।

पुल निर्माण कम्पनी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोरराज पाण्डेयका अनुसार हालसम्म पुलको झन्डै ६० प्रतिशत काम सकिएको छ।

दोदा नदीमा पुल नहुँदा वर्षौंदेखि स्थानीयवासीले आवतजावतमा निकै कठिनाइ भोग्दै आएका थिए। बर्खायाममा खोलामा पानीको बहाव बढ्दा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

“नदीपारि बसाइ छ, वारिपारि खेतबारीको काम। बर्खामा ज्यान जोखिममा राखेर नदी तर्नुपर्थ्यो,” स्थानीय रघुवीर रानाले भन्नुभयो, “अहिले पुल आधा बनिसकेको छ, हामी निकै खुसी छौं।”

स्थानीयहरूको बहुप्रतिक्षित यो पुल आगामी केही महिनामै सम्पन्न हुने अपेक्षा गरिएको छ।

नेपाली सेनामा काम गर्ने प्रथम नेपाली महिला ज्ञानी शाह

0

ज्ञानी शाहको जीवनका मुख्य पक्षहरू
१. नेपाली सेनामा पहिलो महिला नर्स र अधिकृत
ज्ञानी शाह नेपाली सेनामा प्रथम महिला अधिकृत थिइन्।

उनले सेनाको पहिलो नर्स बन्ने सौभाग्य पनि प्राप्त गरिन्।

उनले सेनामा सेकेन्ड लेफ्टिनेन्टबाट सुरु गरी कप्तानसम्मको पदमा सेवा गरिन्।

२. इसाई धर्म प्रचारमा अग्रणी भूमिका
ज्ञानी शाहलाई नेपालमा इसाई धर्म प्रचार गर्ने प्रथम नेपाली महिला मानिन्छ।

‘मण्डलीकी आमा’ भन्ने उपनामले पनि उनी चिनिन्छिन्।

३. समाजसेवामा समर्पित जीवन
उनले ३४ वर्ष टीकापुरमा क्लिनिक सञ्चालन गरिन् र हजारौं मानिसलाई उपचार गरिन्।

गरिब र अशक्तहरूलाई निःशुल्क वा सस्तोमा औषधि उपलब्ध गराइन्।

**गुप्त सेवा (निस्वार्थ सेवा)**लाई सबैभन्दा ठूलो धर्म ठानिन्।

४. कठिन बाल्यकाल र साधक बन्ने आकांक्षा
एक वर्षको उमेरमै आमाको निधन भएपछि मामा घरमा हुर्किइन्।

राणाशासनकालमा दरबारमा बिताएको जीवन, चारधाम यात्राका अनुभवले वैराग्य भावना जागृत गर्‍यो।

एक्लै ‘जगन्नाथपुरी’ जाने प्रयास गर्दा ‘बीएमएस हस्पिटल’ (भिवानीशपुर) पुर्‍याइएकी थिइन्।

५. नर्सिङ अध्ययन र सेवा
‘बीएमएस हस्पिटल’मा सरसफाइको कामबाट सुरु गरी, पढ्दै नर्सिङ तालिम प्राप्त गरिन्।

१२ वर्ष भारतमा सेवा गरेपछि स्वास्थ्य खराब भएर पोखरा मिसन अस्पताल झारिइन्।

पछि काठमाडौंको युनाइटेड मिसन अस्पताल (टेकु) र त्यसपछि सेनाको त्रिचन्द्र मिलिटरी अस्पतालमा काम गरिन्।

६. सामाजिक न्यायप्रति गहिरो प्रतिबद्धता
कैलालीमा हैजाको महामारी देखेपछि तराई झरिन् र जीवनभर गरिबहरूको सेवामा लागिन्।

उनलाई ‘टीकापुरकी धाई आमा’, ‘बूढी डाक्टर्नी’ भनेर पनि चिनिन्थ्यो।

७. वैवाहिक जीवन र पारिवारिक स्थिति
उनले विवाह गरेनन् र जीवनभर सेवा र साधनामा बिताइन्।

उनका आफ्ना चार सौतेनी भाइ थिए, सबैको निधन भइसकेको छ।

यदि तपाईं चाहनुहुन्छ भने, म यस जीवनीलाई पुस्तकको अध्याय, स्क्रिप्ट, वा बालबालिकाका लागि सजिलो भाषा संस्करणमा पनि तयार गर्न सक्छु। भन्नुहोस्, तपाईंलाई कुन स्वरूपमा चाहिन्छ?

तीनकुने घटना भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ

0

काठमाडौँ, वैशाख ६: गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई गएराति कोटेश्वरस्थित महादेवस्थानबाट पक्राउ गरेको हो।

पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ। प्रहरीले उनलाई निषेधित क्षेत्र तोड्दै हिंसा भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको जनाएको छ।

उक्त दिन राजावादीहरूको प्रदर्शन उग्र बनेपछि भएको झडपमा दुई जनाको ज्यान गएको थियो भने केही संरचनामा आगजनी र तोडफोड भएको थियो।

२०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : जगमान गुरुङ

0

काठमाडौँ: राजतन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आउँदो जेठ १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन्।

‘पृथ्वी पथको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले गणतन्त्र घोषणा भएको मिति नै गणतन्त्रको अन्त्यको दिन बन्ने उल्लेख गरे।

उनले भने, “हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्नु पर्‍यो भने उसले जन्मिएको मिति, महिना, बारकै कारण मर्छ भन्ने भनाइ रहिआएको छ। गणतन्त्रको घोषणा कहिले भयो? जेठ १५ गते। त्यसैले यसको अन्त्य पनि २०८२ सालको जेठ १५ गते नै हुन्छ, यही हो कुरा।”

गुरुङको उक्त अभिव्यक्तिले हालको गणतान्त्रिक व्यवस्था र त्यसको स्थायित्वबारे बहस थप चर्किने संकेत देखिएको छ।

निषेधित क्षेत्रमा प्रदर्शन गरे कारबाही गर्ने राप्रपालाई गृह मन्त्रालयको चेतावनी

0

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि गृह मन्त्रालयले कडा प्रतिक्रिया जनाएको छ। राप्रपाले आइतबार बिजुलीबजार क्षेत्रमा आयोजना गर्न लागेको विरोध प्रदर्शनमा निषेधित क्षेत्र उल्लंघन गर्ने घोषणा गरेपछि गृह मन्त्रालयले त्यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट मिति २०८२ वैशाख ७ गते तोकिएको निषेधित क्षेत्र तोड्ने सम्बन्धमा सार्वजनिक भएका समाचार तथा अभिव्यक्तिहरूप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।”

मन्त्रालयले संविधान तथा प्रचलित कानुनको उल्लंघन गर्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै भनेको छ, “संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्ता गतिविधिमा संलग्न जो सुकैलाई कानुनबमोजिम कारबाही हुने जानकारी गराइन्छ।”

साथै, मन्त्रालयले हिंसा, अराजकता, उत्तेजना र गैरकानुनी क्रियाकलापबाट टाढा रहन सबैमा आग्रह पनि गरेको छ।

राप्रपाले केही दिनअघि सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकमार्फत वैशाख ७ गतेको प्रदर्शनमा निषेधित क्षेत्र अटेर गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आइतबारको प्रदर्शनमा राप्रपाले निषेधित क्षेत्रतर्फ अघि बढ्ने जनाएको छ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १७ पैसा र बिक्रीदर १४ रूपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७६ पैसा र बिक्रीदर २० रूपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५६ पैसा र बिक्रीदर १७ रूपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

आजको मौसम : यी तीन प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

0

काठमाडौँ: हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।

आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

पर्यटन विकासका लागि नीतिगत र संरचनागत सुधार जरुरी : विज्ञहरुको सुझाव

0

काठमाडौँ: नेपालको पर्यटन क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि नीतिगत तथा संरचनागत सुधार अनिवार्य रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्। विदेशी पर्यटकको आगमन वृद्धि गर्दै उनीहरूको बसाइ लम्ब्याउनका लागि नयाँ गन्तव्यको पहिचान, गुणस्तरीय सेवा र आकर्षक पर्यटकीय प्याकेज आवश्यक रहेको उनीहरूको धारणा छ।

आइएचएम कलेजको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘पोलिसी कन्क्लेभ’ अन्तर्गतको प्यानल छलफलमा सहभागी पर्यटन विज्ञ तथा पूर्व सिटिइभिटी सदस्य सचिव डा. रामहरि लामिछानेले नेपालको आतिथ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै डिजिटल माध्यमबाट पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। परम्परागत शैलीले अबको प्रतिस्पर्धी वातावरणमा काम नगर्ने भन्दै उहाँले स्तरीय प्याकेजहरू विकास गर्नुपर्ने सुझाव दिनुभयो।

पर्यटन पत्रकार तथा राससका संवाददाता सिबी अधिकारीले विदेशी पर्यटकको बसाइ र खर्च लम्ब्याउनका लागि नीतिगत सुधारसँगै नयाँ पर्यटकीय उत्पादन विकास गर्नुपर्ने बताउनुभयो। “सरकार र निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाउँदै पर्यटकीय पूर्वाधारको अधिकतम उपयोग गर्नु जरुरी छ,” उहाँले भन्नुभयो।

हस्पिटालिटी गाइड्सका प्रमुख कार्यकारी अधिकृत सुराच प्रसाईले आगामी बजेटमा पर्यटन क्षेत्रका प्राथमिकतापूर्ण विषय समेट्ने र विगतका कमजोरी सच्याउने उद्देश्यले छलफल आयोजना गरिएको जानकारी दिनुभयो।

रमदा इन्कोर होटलका महाप्रबन्धक महेस फुँयालले आतिथ्य उद्योगमा लगानी सुरक्षित बनाउन र दक्ष जनशक्तिको उपयोग सुनिश्चित गर्न नीतिगत सुधार अपरिहार्य रहेको बताउनुभयो।

रोयल टुलिप काठमाडौँ होटलका महाप्रबन्धक बलराम पाठकले होटल पूर्वाधारको लगानीको प्रतिफल सुनिश्चित गर्न र दक्ष जनशक्ति उत्पादनमा सबै गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सोल्टी होटलका क्लस्टर ह्युमन रिसोर्स म्यानेजर खेम पौडेल, लर्निङ डेभलपमेन्ट क्लस्टर डाइरेक्टर डा. रुपेश श्रेष्ठ, आइएचजी होटल ग्रुपका लर्निङ एण्ड क्वालिटी म्यानेजर भिलास खत्री, हस्पिटालिटी विज्ञ रविन्द्र सिंह, प्रनिसा ढुंगेललगायतले आतिथ्य क्षेत्रमा देखिएका चुनौती र सरोकार पक्षको भूमिकाबारे विचार राख्नुभएको थियो।

सहभागीहरूले पर्यटन क्षेत्रको विकासका लागि हवाई भाडा सहज बनाउने, सडक सञ्जाल सुधार गर्ने, गुणस्तरीय सेवा सुनिश्चित गर्ने, नयाँ गन्तव्य पहिचान गरी समयानुकूल प्रवद्र्धन गर्ने तथा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई आगामी बजेटमा समेट्नुपर्ने सुझाव दिएका थिए।

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

0

राँझा (बाँके): नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयनमा ल्याएको छ। यही क्रममा उपमहानगरपालिका–९ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ।

वडा नम्बर ९ को आनन्दनगर टोलमा भवनको शिलान्यास गर्दै नगरप्रमुख प्रशान्त बिष्टले आफ्नै भवन नभएका सबै वडा कार्यालयका लागि व्यवस्थापन सुरु गरिएको जानकारी दिनुभयो। “केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दै आएका छन्,” उहाँले भन्नुभयो, “जग्गाको व्यवस्था भएपछि उपमहानगरपालिकाले आवश्यक बजेट प्रदान गरी भवन निर्माण अघि बढाउनेछ।”

उहाँले ठेकेदार कम्पनीलाई समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुका साथै बजेटको व्यवस्थापनका लागि आफू सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।

वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई सहज र प्रभावकारी सेवा दिनका लागि आधुनिक सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको बताउनुभयो। चालु आर्थिक वर्षमा वडाको तर्फबाट २५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी रकम उपमहानगरपालिकाबाट प्राप्त हुने जानकारी उहाँले दिनुभयो।

भवन निर्माणका लागि ४० लाख रुपैयाँको टेन्डर आह्वान गरिएकामा ३३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताइएको छ।

वडासचिव तेजबहादुर सिंहका अनुसार भवन निर्माण कार्य योजनाबद्धरूपमा सुरु भइसकेको छ र समयमै सम्पन्न गरिने लक्ष्य रहेको छ। हाल वडा नं. ४, ५, ६, ७, ८, ९ र ११ ले अझै पनि भाडाका घरबाट सेवा दिँदै आएका छन्।