Tuesday, June 30, 2026
Home Blog Page 486

माओवादी अध्यक्ष प्रचण्डको घोषणा: छिट्टै ठूलो आन्दोलन सुरु हुने

0

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी घटकहरूलाई एकत्रित गर्दै छिट्टै ठूलो आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले मुलुकमा विद्यमान समस्याहरूको समाधानका लागि आन्दोलन र क्रान्तिमार्फत अघि बढ्ने स्पष्ट संकेत दिए। उनले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै, यदि राज्यले बल प्रयोग गरी दमन गर्न खोजेमा जनताको विद्रोहको अधिकारलाई रोक्न नसकिने चेतावनी दिए।

प्रचण्डले सरकार सुशासनविरोधी र भ्रष्टाचार समर्थक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै माओवादी केन्द्र त्यसविरुद्ध खबरदारी गरिरहेको बताए। उनले वर्तमान व्यवस्थालाई उल्ट्याउने गम्भीर प्रयासहरू भइरहेको उल्लेख गर्दै, यस्ता प्रयासलाई परास्त गरेरै छाड्ने दृढता व्यक्त गरे। यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने माओवादीको कुनै रुचि नरहेको स्पष्ट पार्दै उनले आफ्नो पार्टी जनताको पक्षमा रहेको दाबी गरे।

उनका अनुसार भ्रष्टाचारको मूल कारण शासकीय स्वरूप र वर्तमान निर्वाचन प्रणाली हुन्। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक भएको उनको धारणा छ।

प्रचण्डले जनयुद्धको जगमा संविधानमा श्रमजीवी वर्गका हक–अधिकार सुनिश्चित गरिए पनि ती व्यवहारमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै, संविधानको समिक्षा अपरिहार्य रहेको बताए।

आज १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसहित मनाइँदै

0

काठमाडौं: आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) नेपालसहित विश्वभर विविध कार्यक्रमसहित मनाइँदैछ। श्रमिकको पेसागत सम्मान, मर्यादा र अधिकारको प्रत्याभूति गराउने उद्देश्यले हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाइने गरिन्छ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा सुरु भएको मजदुर आन्दोलनको स्मरणमा मे दिवस मनाउने परम्परा रहिआएको हो। सो आन्दोलनका क्रममा हेय मार्केट क्षेत्रमा भएको बम विस्फोट र प्रहरीले चलाएको गोलीबाट सात जना मजदुरको ज्यान गएको थियो। आन्दोलनले श्रमिक अधिकारको स्थापना गर्दै अन्ततः सफलता हासिल गरेको थियो।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रमिक नेताहरूको बैठकले मे १ लाई अन्तरराष्ट्रिय श्रमिक दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेको थियो।

नेपालमा विसं २००३ मा विराटनगरमा भएको श्रमिक आन्दोलन र २००७ सालको राजनीतिक परिवर्तनसँगै श्रमिक दिवस मनाउने परम्परा सुरु भएको हो। विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलोपटक औपचारिक रूपमा मे दिवस मनाएको र २०४६ सालको राजनीतिक परिवर्तनपछि सार्वजनिक बिदा दिन थालिएको नेपाल ट्रेड युनियन महासङ्घले जनाएको छ।

यस वर्ष पनि विभिन्न श्रमिक संगठनहरूले र्याली, सभालगायत विविध कार्यक्रममार्फत दिवस मनाइरहेका छन्।

देशभर आंशिकदेखि सामान्य बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

0

काठमाडौं: देशमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाले पनि आंशिक प्रभाव पारिरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रको मौसम सामान्यतः सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

सभापति देउवा र भाजपा नेताबीच भेट, नेपाल–भारत सम्बन्धबारे छलफल

0

काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भेटवार्ता गर्नुभएको छ।

देउवाको बुढानिलकण्ठस्थित निजी निवासमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षहरूबारे समीक्षा गर्दै ऐतिहासिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।

भेटका अवसरमा परराष्ट्रमन्त्री तथा देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवाको पनि उपस्थिति थियो। परराष्ट्रमन्त्री डा. देउवाले उक्त भेटलाई “फलदायी” भएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।

सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति, आन्दोलन फिर्ता

0

काठमाडौं: सरकारले शिक्षक महासङ्घसँग नौ बुँदे सहमति गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीचको वार्तापछि सहमति भएको हो। सहमतिसँगै महासङ्घले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिँदै बिहीबारदेखि विद्यालय सञ्चालन गर्ने जनाएको छ।

शिक्षामन्त्री पन्तका अनुसार निम्न विषयमा सहमति भएको छ:

स्वास्थ्य सेवा: सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीलाई काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत दरमा उपचार उपलब्ध गराइने।

बिरामी बिदा: अस्थायी, राहत, उमावि, सिकाइ अनुदान, प्राविधिक, विशेष शिक्षा तथा बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र अवकाशको बेलामा रकम एकमुष्ट उपलब्ध हुने।

पारिश्रमिक व्यवस्था: बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले तोकेबमोजिम मिलाइने।

ग्रेड तथा तलब: आर्थिक वर्ष २०८२/८३ देखि प्राथमिक तृतीयदेखि माध्यमिक प्रथम श्रेणीसम्मका शिक्षकलाई निजामती सेवा सरह ग्रेड र तलब सुविधा लागू गरिने।

दुर्गम भत्ता: सबै प्रकारका शिक्षक (स्थायी, अस्थायी, राहत, करारलगायत) लाई प्रचलित कानुनअनुसार दुर्गम भत्ता दिइने।

सामाजिक सुरक्षा कोष: निजी स्रोतबाट कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न नियमावली बनाइने।

मर्यादाक्रममा समावेश: शिक्षकलाई नेपाल सरकारको मर्यादाक्रम सूचीमा समावेश गरिने।

निःशुल्क उपचार: आन्दोलनका क्रममा घाइते भएका शिक्षक, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने।

ग्रेड सुधार: निम्न माध्यमिक प्रथम श्रेणी शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणी सरह गरिने।

मन्त्रिपरिषद्को बैठकले सो सहमति अनुमोदन गरिसकेको मन्त्री पन्तले जानकारी दिनुभयो। उहाँले सहमति निर्माणमा योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु हुने भएकाले शिक्षामन्त्रीले सफल सञ्चालनका लागि सबै शिक्षकलाई आह्वान गर्नुभयो।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सहमतिसँगै आमशैक्षिक हड्ताल फिर्ता लिई भर्ना, परीक्षा र अन्य गतिविधि सुरु गर्न आग्रह गर्नुभयो।

उहाँले राजनीतिक दल, पत्रकार, पेशागत प्रतिनिधि र आन्दोलनमा खटिने शिक्षक–कर्मचारीप्रति आभार प्रकट गर्नुभयो। यदि सहमति कार्यान्वयन नभएमा फेरि सङ्घर्षमा जानुपर्ने चेतावनी समेत दिनुभयो।

विद्यालय शिक्षा ऐन असार १५ भित्र प्रतिनिधिसभाबाट पारित गरिने सहमति भएको र प्रमुख सचेतकहरूले हस्ताक्षर गरिसकेको महासङ्घले जनाएको छ। महासङ्घले चैत २० देखि काठमाडौँमा केन्द्रित आन्दोलन गर्दै आएको थियो।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

0

कालीमाटी बजारमा आजका लागि तोकिएका तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक

काठमाडौँ, १८ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी, फलफूल, सागसब्जी, मसला तथा माछाको मूल्य सूची निम्नानुसार छ।

तरकारीहरू
गोलभेँडा (ठूलो, नेपाली): रु ४०/किलो

गोलभेँडा (ठूलो, भारतीय): रु ६०/किलो

गोलभेँडा (सानो, लोकल): रु २५/किलो

गोलभेँडा (सानो, तराई): रु ४५/किलो

आलु रातो (नेपाली): रु ३२/किलो

आलु रातो (भारतीय): रु ३८/किलो

प्याज (सुकेको, भारतीय): रु ३८/किलो

गाजर (लोकल): रु ४०/किलो

गाजर (तराई): रु २५/किलो

बन्दा (लोकल): रु १५/किलो

बन्दा (नरिवल): रु २०/किलो

काउली (स्थानीय): रु ३५/किलो

मूला रातो: रु ४५/किलो

मूला सेतो (लोकल): रु २०/किलो

सेतो मूला (हाइब्रिड): रु ३०/किलो

भन्टा (लाम्चो): रु ३०/किलो

भन्टा (डल्लो): रु ५०/किलो

बोडी (तने): रु ८०/किलो

सिमी, करेला, लौका, चिचिण्डा, घिरौँला आदि
मटरकोसा: रु १२०/किलो

घिउ सिमी (लोकल/हाइब्रिड): रु ७०/किलो

टाटे सिमी: रु ९०/किलो

भटमास कोसा: रु १५०/किलो

तितो करेला: रु ४०/किलो

लौका: रु २५/किलो

परबर (लोकल/तराई): रु ८०/किलो

चिचिण्डो: रु ५०/किलो

घिरौला: रु ४०/किलो

झिगुनी: रु ८०/किलो

फर्सी (पाकेको): रु ५०/किलो

फर्सी हरियो (लाम्चो/डल्लो): रु ३०/किलो

सलगम: रु ८०/किलो

भिण्डी: रु ६०/किलो

कन्दमूल र सागपात
सखरखण्ड: रु ६०/किलो

बरेला: रु ५०/किलो

पिँडालु: रु ९०/किलो

स्कूस: रु ५०/किलो

रायो साग: रु ६०/किलो

पालुङ्गो, चमसुर, मेथीको साग: रु १००/किलो

तोरीको साग: रु ३५/किलो

प्याज हरियो, बकुला: रु ५०/किलो

तरुल: रु १००/किलो

च्याउ (कन्य): रु २४०/किलो

च्याउ (डल्ले): रु ३५०/किलो

कुरिलो: रु ६००/किलो

विशेष तरकारी तथा जडीबुटी
निगुरो: रु ५०/किलो

ब्रोकाउली: रु ९०/किलो

चुकुन्दर: रु ६०/किलो

सजीवन: रु १००/किलो

कोइरालो: रु २५०/किलो

रातो बन्दा, जिरीको साग: रु ६५/किलो

ग्याठकोभी: रु ६०/किलो

सेलरी: रु २००/किलो

पार्सले: रु ३००/किलो

सौफको साग: रु १२०/किलो

पुदिना: रु २५०/किलो

गान्टे मूला: रु ५०/किलो

इमली: रु १७०/किलो

तामा: रु १००/किलो

तोफु: रु १४०/किलो

गुन्द्रुक: रु ३५०/किलो

फलफूल
स्याउ (झोले): रु २५०/किलो

स्याउ (फूजी): रु ३४०/किलो

केरा (दर्जन): रु १६०

कागती: रु ३००/किलो

अनार: रु ३५०/किलो

अङ्गुर (हरियो): रु २००/किलो

अङ्गुर (कालो): रु २५०/किलो

सुन्तला (भारतीय): रु १४०/किलो

तरबुजा (हरियो): रु ५०/किलो

मौसम, जुनार: रु २००/किलो

भुइँकटहर (प्रतिगोटा): रु २००

काँक्रो (लोकल): रु ८०/किलो

काँक्रो (हाइब्रिड): रु ४०/किलो

रुख कटहर: रु १००/किलो

निबुवा: रु ५०/किलो

नासपाती (चाइनिज): रु २६०/किलो

मेवा (नेपाली): रु ५०/किलो

मेवा (भारतीय), अम्बा: रु १२०/किलो

लप्सी: रु ८०/किलो

उखु (प्रतिगोटा): रु ९०

स्ट्रबेरी (भुइँऐसेलु): रु २५०/किलो

किबी: रु ४५०/किलो

आभोकाडो: रु ६५०/किलो

अमला: रु १००/किलो

मसला र अन्य सामग्री
अदुवा: रु १३०/किलो

खुर्सानी (सुकेको): रु ४२०/किलो

खुर्सानी (हरियो): रु ७०/किलो

खुर्सानी (बुलेट/माछे): रु ८०/किलो

अकबरे खुर्सानी: रु ४००/किलो

भेडे खुर्सानी: रु ८०/किलो

लसुन (हरियो): रु ८०/किलो

धनियाँ (हरियो): रु १२०/किलो

लसुन (सुकेको – चाइनिज): रु ३२०/किलो

लसुन (सुकेको – नेपाली): रु ३००/किलो

माछा र विशेष च्याउ
ताजा माछा (रहु): रु ३२०/किलो

ताजा माछा (बचुवा): रु २६०/किलो

ताजा माछा (छडी): रु २४०/किलो

रुख टमाटर: रु १६०/किलो

राजा च्याउ: रु ३००/किलो

सिताके च्याउ: रु ८००/किलो

सूचना स्रोत: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति
मिति: २०७५ साल वैशाख १८ गते

रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्ट पक्राउ

0

काठमाडौँ: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्ट आफैं पक्राउ परेका छन्। स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी परिसरमा राखिएको छ।

बिष्टले प्रहरीलाई पत्र पठाउँदै चौधरीलाई पक्राउ गर्न निर्देशन दिएका थिए। तर, उनले लेखेको पत्र अनाधिकृत भएको ठहर गर्दै उनलाई हिरासतमा लिइएको जनाइएको छ। सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको थियो।

यस प्रकरणपछि सर्वोच्च अदालतले चौधरीलाई रिहा गर्न नयाँ पत्र पठाउने तयारी गरेको छ। बुधबार बिहान जारी भएको भनिएको पत्रलाई आधिकारिक नमानिँदै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्रमार्फत चौधरीको रिहाइको प्रक्रिया अघि बढाएको हो।

सर्वोच्च अदालत प्रशासनको बैठकमा बिष्टसँग उनले पत्र लेख्नुको कारण सोधिएको थियो। जवाफमा उनले आफूले व्यक्तिगत विवेक प्रयोग गर्दै पत्र लेखेको बताएका छन्।

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन

0

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी चिकित्सकहरूलाई बिरामीका रिपोर्टमा आफ्ना सम्पूर्ण विवरण उल्लेख गर्न निर्देशन दिएको छ।

मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले आज सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो। अबदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा सिफारिस गर्ने चिकित्सक वा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बर, सही र छाप अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यो व्यवस्थाले बिरामीको उपचार र पुनः परीक्षण प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ। साथै, अनावश्यक परीक्षण रोक्न र परीक्षण गर्न सकिने अवस्था हुँदाहुँदै बिरामीलाई अन्यत्र रिफर गर्ने अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्य राखिएको छ।

“हालसम्म चिकित्सकीय विवरण अपूर्ण हुँदा बिरामीको उपचारमा जटिलता आउने, तथा उपचार क्रममा भएका त्रुटिहरू पहिचान गर्न कठिन हुने समस्या देखिएको छ। अब चिकित्सकीय विवरण अनिवार्य गराउँदा चिकित्सकहरू थप जिम्मेवार र जवाफदेही हुने विश्वास लिइएको छ,” प्रवक्ता बुढाथोकीले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा सेवा प्रभावकारी बनाउन उपचार सेवाको सुधारमा जोड दिँदै आउनुभएको छ। मन्त्रीको निजी सचिवालयका अनुसार, मन्त्रालयको तर्फबाट जारी गरिएको यो निर्देशनले त्यही सुधार प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

रेशम चौधरीको पक्राउले नाउपा-जनमत एकता स्थगित

0

काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि आज हुने भनिएको जनमत पार्टी र नाउपाबीचको एकता प्रक्रिया रोकिएको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले एकता घोषणा कार्यक्रम सुरु हुनै लाग्दा नेपाल प्रहरीले रेशम चौधरीलाई नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यक्रमस्थलबाटै पक्राउ गरी डिल्लीबजार कारागार पठाएको जानकारी दिए।

“हामी यस घटनाको घोर भर्त्सना गर्दछौं। सो घटनाका कारण आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ। सबै नेता तथा कार्यकर्तालाई आ–आफ्नो घर फर्किन आग्रह गर्दछौं,” राउतले भने, “अब हामी बैठक बसेर अर्को निर्णयको सूचना छिट्टै दिनेछौं।”

नागरिक उन्मुक्ति सरकारबाट बाहिरिने

0

काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने तयारीमा रहेको छ।

पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि सरकारमा रहनु उपयुक्त नहुने भन्दै पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेको प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। उनका अनुसार सरकारले पार्टी संरक्षकलाई पक्राउ गरेपछि समर्थन जारी राख्न नसकिने निष्कर्षमा नाउपा पुगेको हो।

“अब हामी चाँडै सरकारबाट बाहिरिन्छौं,” प्रवक्ता पण्डितले भने।

नाउपाबाट अरुण कुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीका रूपमा कार्यरत छन्।

पार्टी संरक्षक रेशम चौधरी आज (मंगलबार) काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका थिए।