Wednesday, May 6, 2026
Home Blog Page 37

गृहमन्त्री गुरुङको ‘एक्सन’ सुरुवात: एक सातामै उच्च–प्रोफाइलमाथि कडा कारबाही

0

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भए। पद सम्हालेको एक साताभित्रै उच्च–प्रोफाइल व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आक्रामक कार्यशैलीमा उत्रिएको देखिएको छ।

चैत १३ देखि २० गतेसम्मको एक साताको अवधिमा गृहमन्त्री गुरुङले सात जनाभन्दा बढी व्यक्तिहरूलाई पक्राउ गराउने निर्णय गरेका छन्। उनी फिल्मी शैलीमा सक्रिय रूपमा काम गरिरहेको टिप्पणीसमेत हुन थालेको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारमा शक्तिशाली मानिने गृह मन्त्रालयको जिम्मेवारीमा गुरुङको नाम प्रस्ताव हुँदा धेरैले आश्चर्य व्यक्त गरेका थिए। ‘सांसद्हरूलाई तलबै नदिऊँ’ भन्ने अभिव्यक्ति र पत्रकार सम्मेलनमा ‘हाम्रो एजेन्डा के हो?’ भनेर सोधेको प्रसंगका कारण उनको क्षमतामाथि प्रश्न उठाइएको थियो।

तर, गृहमन्त्री बनेपछि उनले काममार्फत आफूलाई प्रमाणित गर्ने प्रयास गरिरहेका छन्। यद्यपि उनका कदमहरूलाई लिएर ‘प्रतिशोधपूर्ण’, ‘पूर्वाग्रही’ र कानुनसँग बाझिने खालको भएको भन्दै आलोचना पनि भइरहेको छ।

अघिल्लो सरकारका पालामा रोकिएका अनुसन्धान फाइलहरू खोल्दै उनले विभिन्न उच्च–प्रोफाइल व्यक्तिहरूमाथि कारबाही अघि बढाएका छन्, जसले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।

गृहमन्त्रीको एक हप्ता:

चैत १३ गते:
पदभार सम्हाल्नेबित्तिकै गुरुङले प्रहरी महानिरीक्षकलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिए।

चैत १४ गते:
ओली र लेखकलाई निवासबाट पक्राउ गरियो। यसक्रममा ओली निवासमा केहीबेर तनाव उत्पन्न भयो भने लेखक स्वेच्छाले उपस्थित भए। सोही दिन एमाले नेता कर्ण मल्ललाई पनि पक्राउ गरियो।

चैत १५ गते:
गुरुङ सिंहदरबारस्थित क्यान्टिनमा पुगेर सर्वसाधारणसँग भेटघाट गरे। साथै, कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गर्न आदेश दिए।

चैत १६ गते:
प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै उनले तल्लो तहका प्रहरीको समस्या सुने र सुधारको प्रतिबद्धता जनाए।

चैत १७ गते:
ओलीको रिहाइ माग गर्दै भएको प्रदर्शनमा दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकलाई भेट्न उनी घरमै पुगे। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरियो।

चैत १८ गते:
काठमाडौं प्रहरी परिसर पुगेर ओली र लेखक सम्बन्धी अनुसन्धानको प्रत्यक्ष अनुगमन गरे।

चैत १९ गते:
पशुपतिनाथ मन्दिर दर्शनका क्रममा सर्वसाधारणलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापनमा आफैं संलग्न भए। त्यसपछि संसद्मा अध्यादेश पेस गरे।

चैत २० गते:
घाइते आन्दोलनकारीलाई अस्पतालमै पुगेर भेटे। सामाजिक सञ्जालमार्फत ‘जनताभन्दा माथि सरकार हुँदैन’ भन्ने सन्देश दिए।

पक्राउ परेका उच्च–प्रोफाइल व्यक्तिहरू:

  • केपी शर्मा ओली (पूर्वप्रधानमन्त्री)
  • रमेश लेखक (पूर्वगृहमन्त्री)
  • कर्ण मल्ल (राजनीतिक नेता)
  • रेखा शर्मा (राजनीतिक नेता)
  • दीपक खड्का (पूर्वमन्त्री)
  • छवि रिजाल (पूर्व प्रमुख जिल्ला अधिकारी)
  • दीपक भट्ट (व्यवसायी)
  • राजकुमार अर्याल
  • शंकर अग्रवाल (व्यवसायी)
  • सुलभ अग्रवाल (व्यवसायी)

गृहमन्त्री गुरुङको यो आक्रामक शैलीले एकातिर समर्थन पाएको छ भने अर्कोतर्फ कानुनी र राजनीतिक बहस पनि तीव्र बनेको छ।

सम्पत्ति शुद्धीकरण आरोपमा व्यवसायी शंकर अग्रवाल पक्राउ

0

काठमाडौं। व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

ब्यूरोका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ।

यसअघि बिहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो।

३ दिनभित्र दरबन्दी विवरण बुझाउन प्रदेश सरकारलाई निर्देशन

0

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले प्रदेश सरकारअन्तर्गतका सबै निकायहरूको स्वीकृत दरबन्दी (कर्मचारी संरचना) को एकीकृत विवरण तीन दिनभित्र उपलब्ध गराउन भनेको हो।

मन्त्रालयले प्रदेशअन्तर्गतका सबै कार्यालयहरूको दरबन्दी विवरण संकलन गरी एकमुष्ट रूपमा तयार पारेर आफ्नो इमेल ठेगानामा पठाउन आग्रह गरेको छ।

पश्चिमी प्रणालीको प्रभाव: वर्षा, हिमपात र हावाहुरीको सम्भावना

0

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ। यसको असरका कारण बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका साथै देशका हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।

आज दिउँसो हिमाली भूभागसँगै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, सुदूरपश्चिमको तराई तथा अन्य पहाडी–हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ।

यसैगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

आज राति पनि देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। अन्य पहाडी क्षेत्र तथा सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।

त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा राति पनि केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

ट्रम्पले आफ्नी महान्यायाधिवक्तालाई बर्खास्त गरे

0

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी नजिककी सहयोगी तथा कट्टर समर्थक महान्यायाधिवक्ता प्याम बोन्डीलाई पदबाट हटाएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बोन्डी अब निजी क्षेत्रमा नयाँ भूमिकामा रहने बताएका छन्।

बोन्डीको स्थानमा उनका सहायक टोड ब्लान्चले अब न्याय विभागको नेतृत्व सम्हाल्नेछन्। बोन्डीले यो पदमा काम गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताउँदै आगामी दिनमा पनि ट्रम्प प्रशासनका लागि काम गरिरहने बताएकी छिन्।

बोन्डीको बहिर्गमनलाई यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित कागजातहरूको व्यवस्थापनमा देखिएको विवादसँग जोडेर हेरिएको छ। पद सम्हाल्दा उनले उक्त प्रकरणमा पारदर्शिता अपनाउने र सम्बन्धित व्यक्तिहरूको सूची सार्वजनिक गर्ने वाचा गरेकी थिइन्, तर पछि सरकारले त्यस्तो कुनै सूची नै नरहेको दाबी गरेको थियो।

चौतर्फी दबाबपछि धेरै कागजात सार्वजनिक गरिए पनि तीमध्ये पीडितहरूको पहिचान खुलाइएको र दोषीलाई जोगाउन खोजिएको आरोप लाग्दै आएको थियो। यस विषयमा दुवै पक्षका सांसदहरूले उनको कडा आलोचना गरेका थिए।

पछिल्लो समय संसदीय सुनुवाइका क्रममा पनि बोन्डी विवादमा परेकी थिइन्। एक सांसदलाई उनले “बेकार भइसकेको हारेको मान्छे” भनेको विषयले थप आलोचना निम्त्याएको थियो। सार्वजनिक रूपमा ट्रम्पले उनको बचाउ गरे पनि भित्री रूपमा उनीसँग असन्तुष्ट हुँदै गएको बताइन्छ।

बोन्डीले आफ्नो कार्यकालमा ट्रम्पका राजनीतिक विरोधीहरूमाथि कडा छानबिन अघि बढाएकी थिइन्। तर, ट्रम्पले अझ आक्रामक रूपमा अघि बढ्न दबाब दिएको चर्चा पनि भएको छ।

उनको बिदाइप्रति मिश्रित प्रतिक्रिया आएको छ। केही नेताहरूले उनको कामको प्रशंसा गरेका छन् भने केहीले एपस्टिन प्रकरणका कागजात लुकाएर ट्रम्पलाई नै क्षति पुर्‍याएको आरोप लगाएका छन्।

यस घटनालाई लिएर एक सांसदले संसद् कसैको खेलौना नभएको बताएका छन्। ट्रम्पको दोस्रो कार्यकालमा पद गुमाउने बोन्डी तेस्रो उच्च अधिकारी हुन्। यसअघि आन्तरिक सुरक्षा प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि पद छोडिसकेका छन्।

डोनाल्ड ट्रम्पले इरानका पुल र पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्की दिए

0

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनाले “इरानमा बाँकी रहेका संरचनाहरूलाई नष्ट गर्न सुरु पनि गरेको छैन” भन्दै कडा चेतावनी दिएका छन्।

हालै उनले आफ्नो सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा अमेरिकी सेनालाई “विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली” भन्दै प्रशंसा गरेका छन्। साथै, आगामी लक्ष्य “पुल र त्यसपछि विद्युत् उत्पादन केन्द्रहरू” हुन सक्ने संकेत गरेका छन्।

तेहरानको पश्चिममा रहेको कारज शहरमा निर्माणाधीन पुलमा भएको हवाई आक्रमणमा आठ जनाको मृत्यु र करिब १०० जना घाइते भएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।

ट्रम्पले थप्दै भने, “नयाँ शासनको नेतृत्वलाई के गर्नुपर्छ भन्ने थाहा छ, र यो छिटो गरिनुपर्छ

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछ : रवि लामिछाने

0

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको नयाँ सभामुखका लागि उपसभापति डीपी अर्यालले मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्। लामिछानेले लेखकको पक्राउलाई प्रतिशोधको रूपमा व्याख्या गर्नु हतारो भएको बताउँदै न्याय पाउने पहिलो अधिकार शहीद परिवार र घाइते परिवारको भएको उल्लेख गरे।

उनले भने, ‘गृहमन्त्रीको पक्राउलाई प्रतिशोध भन्नु हतार भयो। आफ्ना कलिला बालबालिका गुमाएका अभिभावकलाई न्यायको हतारो हुन्छ। त्यस्तो हतारो अरू कसैलाई हुँदैन। त्यसैले न्याय पाउने पहिलो हक शहीद परिवारको हो, घाइते परिवारको हो। न्याय पाउने अधिकार सबैलाई छ, तर प्राथमिकता उनीहरूलाई दिनुपर्छ।’

लामिछानेले आफूहरू सार्वजनिक परीक्षण (पब्लिक अडिट) मा रहेको भन्दै नागरिकले सबै गतिविधि नियालिरहेको बताए। ‘हामी पब्लिक अडिटमा छौं, नागरिकले सबै हेर्दै हुनुहुन्छ। हामीले बोलेर भन्दा काम गरेर देखाउँछौं,’ उनले भने।

उनले नवनिर्वाचित सभामुखले संसदीय मर्यादा, नियमावली र अनुशासनको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए। सभामुख पदमा पुगेपछि पार्टीभन्दा माथि उठेर सम्पूर्ण सदनप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यता विपरीत प्रतिपक्षलाई दबाउने वा नागरिकका मुद्दा ओझेलमा पार्ने व्यवहार अस्वीकार्य हुने बताए।

भाडा नबढाए देशभर यातायात ठप्प पार्ने व्यवसायीको चेतावनी

0

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहँदा पनि सार्वजनिक यातायातको भाडा समायोजन नगरिएको भन्दै यातायात व्यवसायीहरूले सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा वृद्धि गर्न सरकारसँग माग गर्दै निर्णय नगरे देशभरको यातायात सेवा ठप्प पार्ने वा आफैं भाडादर घोषणा गर्ने चेतावनी दिएको हो। नेपाल आयल निगमले छोटो अवधिमै तीन पटक डिजेल र पेट्रोलको मूल्य बढाए पनि भाडा नबढाइएको भन्दै व्यवसायीहरू असन्तुष्ट छन्।

महासंघका अनुसार हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन हुने तर लाखौँ सर्वसाधारण निर्भर सार्वजनिक यातायातमा सरकारले बेवास्ता गरेको छ। यस अवस्थामा आफूहरू बाध्य भएर भाडा वृद्धि गर्नुपर्ने स्थितिमा पुगेको उनीहरूको भनाइ छ।

महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले सिफारिस गरेको वैज्ञानिक भाडा समायोजन लागू गर्न माग गरिएको छ। विभागले यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत र मालवाहक सवारीमा तराई तथा पहाड क्षेत्रमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा वृद्धि गर्न सिफारिस गरिसकेको भए पनि सम्बन्धित मन्त्रालयले निर्णय नगरेको जनाइएको छ।

विज्ञप्तिमा २०७२ सालदेखि १३ वटा मुख्य सूचकका आधारमा भाडा समायोजन हुन नसकेको उल्लेख गर्दै हाल व्यवसायीहरू दैनिक ठूलो घाटा सहेर सेवा सञ्चालन गर्न बाध्य भएको जनाइएको छ।

सरकारले पटक–पटकको आग्रहलाई बेवास्ता गरेको आरोप लगाउँदै महासंघले अब घाटा खाएर सेवा दिन नसकिने स्पष्ट पारेको छ। तत्काल निर्णय नलिए वैज्ञानिक आधारमा स्वतः भाडा वृद्धि गरिने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी सरकारकै हुने महासंघले जनाएको छ।

रास्वपाका डिपी अर्याल निर्विरोध सभामुख, आइतबार औपचारिक घोषणा

0

काठमाडौं। प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो, जसमा अर्यालको एकल उम्मेदवारी परेको हो।

सभामुख निर्वाचन चैत २२ गतेका लागि तय गरिएको छ। त्यसपछि अर्याल औपचारिक रूपमा सभामुखको जिम्मेवारी सम्हाल्नेछन्। हाल सभामुख पद रिक्त रहेको र प्रतिनिधि सभा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक सञ्चालन गरिरहेका छन्।

रास्वपाको करिब दुई तिहाइ बहुमत भएकाले विपक्षी दलहरूले उम्मेदवारी दर्ता गरेनन्। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका मात्रै १८२ सांसद छन्, जसले स्पष्ट बहुमत सुनिश्चित गरेको छ। अन्य दलहरूमा नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा का १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन्।

अब आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले अर्याललाई औपचारिक रूपमा सभामुख निर्वाचित भएको घोषणा गर्नेछ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले संविधान र कानुनको परिधिमा रहेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले संविधानले निर्धारण गरेको अधिकार र कर्तव्यअनुसार निष्पक्ष र न्यायसम्मत रूपमा व्यवस्थापिकाका कामहरू अगाडि बढाउने बताए।

उनले प्रक्रिया पूरा भएपछि नेपालको संविधान, कानुन, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे।

 एमालेले सभामुख उम्मेदवारीबारे निर्णय गर्ने

0

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने नदिनेबारे छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ। सभामुखको निर्वाचनका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

एमाले सांसद ऐन महरले भनेका छन्, विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने, यदि विपक्षीले उम्मेदवारी दर्ता नगरे एमाले आफैं उम्मेदवारी दिनेछ।

‘विपक्षी कसैले उम्मेदवारी दिए समर्थन रहन्छ, नभए एमाले नै उम्मेदवारी दिनेछ,’ महरले रातोपाटीसँग भने। ‘एक बजे सचिवालय बैठकले अन्तिम निर्णय गर्छ।’

त्यस्तो अवस्थामा एमालेले उपाध्यक्ष गुरु बराललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्नेछ। अहिलेसम्म कांग्रेस लगायतका दलहरूले सभामुखबारे कुनै छलफल नगरेको जनाइएको छ। प्रवक्ता देवराज चालिसेले सभामुखमा उम्मेदवारी दिने नदिनेबारे कुनै छलफल नभएको प्रतिक्रिया दिएका छन्।

सत्तापक्ष रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने गरी मनोनयन दर्ता गरिसकेको छ। संसद्को अंकगणितअनुसार विपक्षी सबै दल मिल्दा पनि अर्याल नै सभामुख बन्ने स्थिति छ।