काठमाडौं। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल हाजिरी जमानीमा हिरासतबाट मुक्त भएका छन्।
तीनकुनेमा भएको हिंसात्मक आन्दोलन स्थलमा नदेखिएका नेपाललाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो, र उनलाई हाजिरी जमानीमा मुक्त गरेको हो।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई भने म्याद थपका लागि अदालतमा पेश गरिएको छ।


