Sunday, June 7, 2026
Homeअपराध र घटनालिची बगान प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लिची बगान प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री—राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ—सहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठमाथि घूस प्रकरणमा संलग्न भएको आरोपमा मुद्दा दर्ता गरेको हो। दुई मन्त्रीसहित पाँच जना बिचौलियालाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

कास्कीको पोखरा–बाटुलेचौरस्थित ‘लिची बगान’ का करिब १३४ रोपनी जग्गा हडप्ने योजनामा संलग्न मन्त्रीहरू, कर्मचारी र बिचौलियाको अडियो सार्वजनिक भएपछि अख्तियारले सो प्रकरणको अनुसन्धान थालेको थियो। त्यस क्रममा आयोगले पूर्वमन्त्रीहरू र बिचौलियाहरूको बयान समेत लिएको थियो।

अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका थिए। उक्त अडियोमा उनले ‘मलाई क्यास चाहियो, ड्राइभर पठाइदिन्छु’ भन्ने म्यासेज पठाएको विवरण समेत अख्तियारमा पेश भएको थियो। त्यसैगरी, तत्कालीन भूमि सचिव अर्जुन पोखरेलले पनि सो प्रकरणमा रकम लिएको विवरण सार्वजनिक भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका