काठमाडौं: नेकपा एमालेका नेता महेश बस्नेतले भक्तपुरको विकास स्यालको सिंह हराएजसरी हराएको टिप्पणी गरेका छन् ।
पछिल्लो निर्वाचनमा भक्तपुर २ बाट नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित भएका बस्नेतले आफू सांसद् रहँदा सुरु गरेका विकासका कामहरूलाई निरन्तरता नदिइएको गुनासो गरे ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘भक्तपुरबाट निर्वाचित नेताले संसद्मा बोलेको सुनेको छैन । नयाँ बजेट ल्याउने कुरा त परै जाओस्, हाम्रो भौतिक विकास स्यालको सिंह हराएजसरी हरायो ।’
उनले हाल आफ्नो क्षेत्रका जनतासँग नियमित सम्पर्कमा रहेको बताउँदै भने, ‘डुल्दा भेट भएका जनताले तपाईंलाई नजिताएर गल्ती गरिएछ भन्छन् । मलाई भोट नदिएकाहरूले पनि यस्तो भनेको सुन्छु । तर, मैले भनेको छु— मलाई फरक पर्दैन ।’


