Sunday, April 26, 2026
Homeमनोरन्जननेपालमा पहिलोपटक ‘वल्र्ड अफ डान्स २०२६’ आयोजना, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा चम्किने

नेपालमा पहिलोपटक ‘वल्र्ड अफ डान्स २०२६’ आयोजना, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा चम्किने

काठमाडौं । नेपालमा पहिलोपटक विश्वस्तरीय डान्स प्लेटफर्म ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने भएको छ। आइतबार विशेष समारोहका बीच कार्यक्रमको औपचारिक घोषणा गरिएको हो।

कार्यक्रमका निर्णायकमा किरण थापा, जेरी टावल र टेरेन्स लेविन्स रहनेछन्। कार्यक्रममा बोल्दै थापाले टेलिभिजन रियालिटी शोभन्दा फरक रूपमा ‘परफर्मेन्स–आधारित’ प्रस्तुति हुने उल्लेख गर्दै नेपालमा डान्स प्रतिभाको कमी नभएको बताए। उनले अनावश्यक नाटकीयता भन्दा प्रस्तुति र कौशलमा केन्द्रित हुने बताए।

अभिनेत्री परीक्षा लिम्बुले डान्स र अभिनयबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै स्टोरी टेलिङ, अभिव्यक्ति र भावनालाई डान्समार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने बताइन्।

त्यसैगरी ‘वल्र्ड अफ डान्स’की फेस कविता नेपालीले नेपालमा कमजोर हुँदै गएको डान्स क्षेत्रलाई यस्तो प्लेटफर्मले नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरिन्। उनले डान्सरहरूलाई निरन्तर अभ्यास र मेहनतमार्फत अगाडि बढ्न प्रेरित गरिन्।

कार्यक्रममा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले पनि मन्तव्य राखेका थिए।

आयोजकका अनुसार प्रतियोगितामा गोल्ड प्लेटेड ट्रफीसहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ। सहभागीहरूले एपमार्फत दर्ता गरी अडिसन दिन सक्नेछन् भने विजेताले नगद पुरस्कार, गिफ्ट ह्याम्पर र विभिन्न अवार्ड प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका