Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियघाइते भइन् सारा

घाइते भइन् सारा

मुम्बई : बलिउड अभिनेत्री सारा अली खान सुन्दर नायिकामध्येमा पर्दछिन्। सुन्दर मुहारसँगै अभिनयका कारण पनि सारा अली खान चर्चामा आउने गरेकी छन्। साराको सुन्दरता र अभिनयले धेरैलाई मोहित पनि पारेको छ।

हालै साराले सामाजिक सञ्जाल स्टाग्राममा एक भिडियो सेयर गर्दै नाकमा चोट लागेको बताएकी छन्। नाकमा चोट कसरी लाग्यो भन्ने बारे चाहिँ उनले केही खुलाएकी छैनन्। उनको चोटका विषयमा थुप्रै फ्यानहरुले प्रश्न गरेका छन्। त्यस विषयमा उनले अहिलेसम्म केही खुलाएकी छैनन्। उनको फुपू सबा अली खानले चोटका विषयमा केही नखुलाए पनि साराको अवस्था पहिलेभन्दा राम्रो रहेको बताएकी छन्।

सारा बलिउड अभिनेता सेफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी हुन्। सेफ र अमृताको एक छोरा इब्राहिम पनि छन्। सेफले अमृतासँगको सम्बन्ध टुङ्ग्याउँदै अर्की बलिउड नायिका करिना कपुरसँग विवाह गरेका छन्। सेफ र करिनाका दुई छोरा छन्।

साराले सन् २०१८ मा निर्माण भएको चलचित्र ‘केदारनाथ’बाट बलिउडमा डेब्यु गरेकी हुन्। साराको डेब्यु चलचित्रमा सुशान्तसिंह राजपुत अभिनेता निए। केदारनाथमा साराले हिन्दु महिलाको भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि रणवीर सिंहसँग ‘सिम्बा’ चलचित्रमा अभिनय गरेकी थिइन्। उनले अभिनय गरेका ‘कुली नम्बर वान’ र ‘अतरंगी रे’ भने प्रदर्शन हुन बाँकी छ। ‘अतरंगी रे’मा सारासँगै अक्षय कुमार र धनुष मुख्य भूमिकामा छन्। कोरोना भाइरसको महामारी र लकडाउनका कारण यस चलचित्रको सुटिङ पूरा हुन एक वर्ष लागेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका