काठमाडौँ । क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ।
मण्डनदेउपुर नगरपालिका–६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुलालले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जना पीडितबाट ३७ लाख रुपैयाँ लिएको आरोप छ। सोही घटनासम्बन्धी उजुरीका आधारमा वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो।
पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।


