Thursday, August 6, 2026
Homeअपराध र घटनासिन्धुलीमा ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन पक्राउ, कार र मोबाइल बरामद

सिन्धुलीमा ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन पक्राउ, कार र मोबाइल बरामद

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका–९ बाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ७८४६ नम्बरको कार रोकी जाँच गरेको थियो। जाँचका क्रममा कारको गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा ४४.३४० ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा आफूलाई ‘जनजागरण खबर’ का समाचारदाता बताउने सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ निवासी २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० निवासी ३० वर्षीय रमेश कुमार राम तथा लक्ष्मीपुर पतारी गाउँपालिका–२ निवासी २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।

प्रहरीले घटनास्थलबाट ४४.३४० ग्राम खैरो हेरोइन, चार थान मोबाइल फोन र बा १६ च ७८४६ नम्बरको कारसमेत बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार उमेश कुमार यादवले काठमाडौंस्थित हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका