Friday, July 31, 2026
Homeखेलकुदएमएफएन च्याम्पियन रवीन्द्र ढाँटलाई ५ लाख, प्रशिक्षकलाई २ लाख पुरस्कार

एमएफएन च्याम्पियन रवीन्द्र ढाँटलाई ५ लाख, प्रशिक्षकलाई २ लाख पुरस्कार

काठमाडौँ, २८ साउन — भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरूप रु ५ लाख प्रदान गरिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त रकम प्रदान गरिने जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्। यसै निर्णयअनुसार, रवीन्द्रका प्रशिक्षकलाई पनि रु २ लाख पुरस्कार दिइनेछ।

गत शनिबार भारतमा आयोजित प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका