Friday, July 17, 2026
Homeअन्तराष्ट्रियउत्तर प्रदेशमा भीषण सडक दुर्घटना, १० जनाको मृत्यु

उत्तर प्रदेशमा भीषण सडक दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित लखीमपुर खेरी जिल्लामा ट्रक र म्याजिक भ्यान एकापसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासनका अनुसार दुर्घटना सोमबार बिहान धौरहरा कोतवाली क्षेत्रअन्तर्गत भरेहता गाउँ नजिक भएको हो। लखीमपुरबाट बहराइचतर्फ जाँदै गरेको म्याजिक भ्यान विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएको बताइएको छ।

लखीमपुर खेरीका जिल्ला अधिकारी अञ्जनी कुमार सिंहका अनुसार दुर्घटनामा तीन महिलासहित १० जनाको ज्यान गएको छ। मृतकमध्ये छ जना बहराइच जिल्लाका रहेको पुष्टि भएको छ भने अन्यको पहिचान गर्ने काम भइरहेको छ।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका