Monday, August 31, 2026
Homeअन्तराष्ट्रियस्विट्जरल्याण्डमा गोलीहानाहान, एक जनाको मृत्यु, पाँच घाइते

स्विट्जरल्याण्डमा गोलीहानाहान, एक जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । स्विट्जरल्याण्डको उत्तरी भागमा आइतबार बिहान एक कार्यक्रम भइरहेका बेला भएको गोलीहानाहानमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

स्थानीय प्रहरीले घटनाको पुष्टि गर्दै गोली चलाउने अज्ञात व्यक्तिको खोजी भइरहेको जनाएको छ। आरगाउ क्यान्टोनल प्रहरीले विज्ञप्ति जारी गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको हो।

प्रहरीका अनुसार गोलीहानाहानको कारण तथा घटनाको विस्तृत विवरण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

गोलीहानाहान आरगाउको साचेन क्षेत्रमा रहेको एक मैदाननजिकै भएको प्रहरीले स्विस सञ्चारमाध्यमलाई जनाएको छ। उक्त स्थान ज्युरिखबाट करिब ४६ किलोमिटर पश्चिममा पर्छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थल आसपास आइतबार बिहानसम्म ‘रेभ पार्टी’ सञ्चालन भइरहेको थियो।

घटनापछि प्रहरीले सम्भावित संलग्न व्यक्तिको खोजी तीव्र बनाएको छ भने घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका