Sunday, April 26, 2026
Homeअन्तराष्ट्रियइजरायलले हमासद्वारा अपहरित ३३ बन्धकहरूको नाम सार्वजनिक गर्दा विपिन जोशी परेनन्

इजरायलले हमासद्वारा अपहरित ३३ बन्धकहरूको नाम सार्वजनिक गर्दा विपिन जोशी परेनन्

काठमाडौं। इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको बताइएको छ।

सार्वजनिक सूचीमा सबैभन्दा कान्छा नौ महिनाका कफिर बिबास र सबैभन्दा वृद्ध ८६ वर्षका श्लोमो मान्जुर समावेश छन्। यी बन्धकहरूलाई हमासले २०२३ अक्टोबर ७ मा अपहरण गरेको थियो।

सूचीअनुसार, उनीहरू पहिलो चरणमै रिहा हुने बन्धकहरूमा पर्ने दाबी गरिएको छ।

इजरायलले हालै युद्धविरामको घोषणा गरेको थियो, जुन आइतबारदेखि लागू हुने जनाइएको छ।

हमासद्वारा अपहरित बन्धकहरूको सूची सार्वजनिक हुँदा नेपाली युवा विपीन जोशीको नाम भने समावेश भएको छैन।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका