Monday, September 21, 2026
Homeसामाचारबाढीमा १ हजार ४११ जनाको मृत्यु, ५ हजार ८७५ जना अझै बेपत्ता

बाढीमा १ हजार ४११ जनाको मृत्यु, ५ हजार ८७५ जना अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीबाट भएको मानवीय क्षति तथा उद्धारसम्बन्धी जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार फेला परेका मृतकमध्ये ५४९ जना पुरुष र ३३६ जना महिला छन् । यस्तै ५२६ वटा आंशिक मानव अंग फेला परेको विवरणमा उल्लेख छ । बाढीमा परी अझै ५ हजार ८७५ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।

बाढीबाट विभिन्न जिल्लामा ठूलो मानवीय क्षति भएको छ । संकलित विवरणअनुसार सबैभन्दा बढी चितवनमा ३६४ जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७२, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७८४ जनालाई सकुशल उद्धार गरिएको छ । उद्धार कार्यमा नेपाली सेनाले हालसम्म १ हजार ६९२ वटा तथा सशस्त्र प्रहरी बलले ३२० वटा हवाई उडान सम्पन्न गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका