Monday, September 21, 2026
Homeअर्थ र ब्यापारकालीमाटीमा आजको तरकारीको थोक मूल्य सार्वजनिक, गोलभेडा ४० देखि ६० रुपैयाँसम्म

कालीमाटीमा आजको तरकारीको थोक मूल्य सार्वजनिक, गोलभेडा ४० देखि ६० रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी तथा फलफूलको मूल्य वस्तुको प्रकार र जातअनुसार फरक–फरक रहेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ तथा सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

आलुतर्फ रातो (लाम्चो) प्रतिकिलो ५२ रुपैयाँ, रातो (गोलो) ४८ रुपैयाँ, रातो (मुडे) ४८ रुपैयाँ, भारतीय रातो आलु ४५ रुपैयाँ तथा सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज प्रतिकिलो ८८ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ५० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ तथा डल्लो भन्टा ४० रुपैयाँ रहेको छ ।

तने बोडी प्रतिकिलो ४० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ तथा घिउ सिमी (लोकल) र घिउ सिमी (हाइब्रिड) दुवै ५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ । टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ५० रुपैयाँ र लौका ५० रुपैयाँ रहेको छ ।

सागसब्जीतर्फ रायोको साग र पालुङ्गो साग प्रतिकिलो ८० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ तथा हरियो प्याज १५० रुपैयाँ तोकिएको छ ।

च्याउ तथा अन्य तरकारीमा कन्य च्याउ प्रतिकिलो १८० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ रहेको छ । कुरिलो ५०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी २५० रुपैयाँ, पुदीना ६०० रुपैयाँ तथा गान्टे मूला ८० रुपैयाँ तोकिएको छ ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, मुस्ताङको स्याउ १३० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १५० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो ३५० रुपैयाँ, अनार २५० रुपैयाँ तथा हरियो तरबुजा ६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका