Monday, August 3, 2026
Homeअर्थ र ब्यापारआजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२.९२ रुपैयाँमा बिक्री

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२.९२ रुपैयाँमा बिक्री

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। प्रकाशित विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ३२ पैसाबिक्रीदर १५२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

युरोपियन युरोको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा तोकिएको छ। त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा रहेको छ।

स्विस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०८ पैसा, तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २६ पैसा कायम गरिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा रहेको छ।

अन्य मुद्रातर्फ, १० जापानी येनको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी रियालको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा, तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका