काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर रु. १५२.७४ र बिक्रीदर रु. १५३.३४ कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर रु. १७४.०० र बिक्रीदर रु. १७४.६८ तोकिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर रु. २०३.०८ र बिक्रीदर रु. २०३.८७ निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर रु. १०६.०३ र बिक्रीदर रु. १०६.४५, क्यानेडियन डलर एकको खरिददर रु. १०८.२९ र बिक्रीदर रु. १०८.७२, तथा सिङ्गापुर डलर एकको खरिददर रु. ११८.२१ र बिक्रीदर रु. ११८.६७ कायम गरिएको छ।
यसैगरी, जापानी येन (१०) को खरिददर रु. ९.३४ र बिक्रीदर रु. ९.३७, चिनियाँ युआन एकको खरिददर रु. २२.५८ र बिक्रीदर रु. २२.६६, साउदी रियाल एकको खरिददर रु. ४०.६९ र बिक्रीदर रु. ४०.८४, तथा कतारी रियाल एकको खरिददर रु. ४१.९० र बिक्रीदर रु. ४२.०६ तोकिएको छ।
युएई दिराम एकको खरिददर रु. ४१.५९ र बिक्रीदर रु. ४१.७५, मलेसियन रिङ्गेट एकको खरिददर रु. ३७.३५ र बिक्रीदर रु. ३७.५०, तथा दक्षिण कोरियाली वन (१००) को खरिददर रु. १०.५३ र बिक्रीदर रु. १०.५७ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, कुवेती दिनार एकको खरिददर रु. ४९६.१५ र बिक्रीदर रु. ४९८.१० तथा बहराइन दिनार एकको खरिददर रु. ४०५.०७ र बिक्रीदर रु. ४०६.६६ निर्धारण गरिएको छ।


