काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। प्रकाशित विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।
युरोपियन युरोको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा तोकिएको छ। त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा रहेको छ।
स्विस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०८ पैसा, तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २६ पैसा कायम गरिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा रहेको छ।
अन्य मुद्रातर्फ, १० जापानी येनको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी रियालको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा, तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।


