काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण अब सूचना विभागबाटै हुने भएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत हुने भनिएको दर्ता तथा नवीकरण प्रक्रिया अब सूचना विभागमार्फत हुने व्यवस्था मिलाइएको हो।
सोही बैठकले सुरक्षण मुद्रणसम्बन्धी नियमावली पनि स्वीकृत गरेको छ।


