
अहिलेसम्म पाकिस्तान बलियो देखिएको छ । सुपर–१२ को पाँचवटै खेल जितेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ ।सबै पाकिस्तानी खेलाडी फर्ममा देखिन्छन्। पाँच खेलमा पाँच खेलाडी प्लेयर अफ द म्याच घोषित भएका छन् ।
अष्ट्रेलिया सुपर १२ खेलमा चार जित र एक हारका साथ सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिकासँग हार्दा पनि अष्ट्रेलियाको सेमिफाइनल यात्रा रन रेटका आधारमा तय भएको थियो ।अष्ट्रेलियाले पाकिस्तानविरुद्धको विश्वकपमा अहिलेसम्म भएका सबै नकआउट खेलमा जित निकालेको छ । अस्ट्रेलियाले सन् १९८७ को विश्वकपको सेमिफाइनल, १९९९ को विश्वकपको फाइनल, २०१० को टी–२० विश्वकपको सेमिफाइनल र २०१५ को विश्वकपको क्वाटरफाइनलमा पाकिस्तानलाई हराएको थियो।
तपाई कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोस्
पाकिस्तान 20 over – 176/4 —————————-अस्ट्रेलिया
यस चरणमा पाकिस्तानी टोलीले राम्रो खेलिरहेको छ….


