फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ ।
सुपरस्टार लियोनल मेस्सी बिना, पिएसजी जर्मन कलब आरबी आइपजिग सँग बराबरीमा रोकिएको छ । सुपरस्टार खेलाडी लियोनल मेसीविना मैदानमा उत्रिउको पिएसजी जर्मन कलब आरबी आइपजिगसँग बराबरीमा रोकिएको हो ।
समूह ए को बुधबार राति भएको खेलमा पीएसजीले आइपिजेडसँग २–२ गोलको बराबरी खेलेको हो ।आठौं मिनेटमा क्रिस्टोफर निकोन्कोले लाइपजिगलाई अग्रता दिलाएका थिए । तर, २१औं मिनेटमा जियोर्जियोन भिजनाल्डमले गोल गर्दै खेल १–१ बनाएका थिए । फेरि सोही भिजनाल्डमले ३९ औं मिनेटमा गोल गर्दै पीएसजीलाई जितको नजिक पुर्यायो । यद्यपि, लाइपजिगले इन्जुरी समयमा गोल फर्काएर बलियो मानिने पीएसजीसँग अंक जोड्न सफल भयो। खेल सकिनुअघि डोमिनिक स्जोबोसले गोल गर्दै पीएसजीलाई बराबरीमा रोक्यो ।
यस सिजन बार्सिलोनाबाट पीएसजी गएका मेस्सी घाइते भएका छन् । जसका कारण उनी बिना नै पीएसजी मैदानमा आएको थियो ।
बराबरीसँगै म्यानचेस्टर सिटीले समूह ए को शीर्ष स्थानमा रहेको पीएसजीलाई उछिनेको छ भने बुधबार राति भएको खेलमा सिटीले बेल्जियमको क्लब ब्रुग्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजी ८ अंक सहित दोस्रो स्थानमा छ । लाइपेजिगले ४ खेलमा पहिलो अंक जोड्न सफल भएको हो ।
गएराति भएका ८ खेलको नतिजा :
रियल म्याड्रिडले साख्तर डोनेक्सलाई २–१ ले हराएको छ भने एसी मिलान र पोर्टोले १–१ गोलको बारबरी खेलेका छन् ।
त्यसैगरी, स्पोर्टिङ लिस्बनले बेसिकटासलाई ४–० ले हराउँदा आयाक्सले बोरिसिया डर्टमुडलाई ३–१ ले पाखा लगाएको छ ।
साथै, शेरिफलाई इन्टर मिलानले ३–१ ले नै हराउँदा लिभरपुलले एट्लेटिको म्याड्रिडलाई २–० ले हराएको छ ।
लिभरपुल र आयाक्स २ खेल खेल्न बाँकी छँदै नकआउट चरणमा पुगेका छन् भने रियलले सम्भावना बलियो बनाएको छ ।
बायर्न म्युनिख र युभेन्टस च्याम्पियन्स लिको नकआउट चरणमा यसअघि नै पुगिसकेका छन् ।


