Friday, June 5, 2026
Homeखेलकुदफ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिए?

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिए?

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ ।

सुपरस्टार लियोनल मेस्सी बिना, पिएसजी जर्मन कलब आरबी आइपजिग सँग बराबरीमा  रोकिएको छ । सुपरस्टार  खेलाडी लियोनल मेसीविना मैदानमा उत्रिउको पिएसजी जर्मन कलब आरबी आइपजिगसँग बराबरीमा रोकिएको हो ।

समूह ए को बुधबार राति भएको खेलमा पीएसजीले आइपिजेडसँग २–२ गोलको बराबरी खेलेको हो ।आठौं मिनेटमा क्रिस्टोफर निकोन्कोले लाइपजिगलाई अग्रता दिलाएका थिए । तर, २१औं मिनेटमा जियोर्जियोन भिजनाल्डमले गोल गर्दै खेल १–१ बनाएका थिए । फेरि सोही भिजनाल्डमले ३९ औं मिनेटमा गोल गर्दै पीएसजीलाई जितको नजिक पुर्यायो । यद्यपि, लाइपजिगले  इन्जुरी  समयमा गोल फर्काएर बलियो मानिने पीएसजीसँग अंक जोड्न सफल भयो। खेल सकिनुअघि डोमिनिक स्जोबोसले गोल गर्दै पीएसजीलाई बराबरीमा रोक्यो ।
यस सिजन बार्सिलोनाबाट पीएसजी गएका मेस्सी घाइते भएका छन् । जसका कारण उनी बिना नै पीएसजी मैदानमा आएको थियो ।
बराबरीसँगै म्यानचेस्टर सिटीले समूह ए को शीर्ष स्थानमा रहेको पीएसजीलाई उछिनेको छ भने बुधबार राति भएको खेलमा सिटीले बेल्जियमको क्लब ब्रुग्सलाई ४–१ गोल ​​अन्तरले पराजित गरेको हो । पिएसजी ८ अंक सहित दोस्रो स्थानमा छ । लाइपेजिगले ४ खेलमा पहिलो अंक जोड्न सफल भएको हो ।

गएराति भएका ८ खेलको नतिजा :

रियल म्याड्रिडले साख्तर डोनेक्सलाई २–१ ले हराएको छ भने एसी मिलान र पोर्टोले १–१ गोलको बारबरी खेलेका छन् ।

त्यसैगरी, स्पोर्टिङ लिस्बनले बेसिकटासलाई ४–० ले हराउँदा आयाक्सले बोरिसिया डर्टमुडलाई ३–१ ले पाखा लगाएको छ ।

साथै, शेरिफलाई इन्टर मिलानले ३–१ ले नै हराउँदा लिभरपुलले एट्लेटिको म्याड्रिडलाई २–० ले हराएको छ ।

लिभरपुल र आयाक्स २ खेल खेल्न बाँकी छँदै नकआउट चरणमा पुगेका छन् भने रियलले सम्भावना बलियो बनाएको छ ।

बायर्न म्युनिख र युभेन्टस च्याम्पियन्स लिको नकआउट चरणमा यसअघि नै पुगिसकेका छन् ।

 

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका