Sunday, July 19, 2026
Homeखेलकुदसाकाको ह्याट्रिकमा फ्रान्समाथि इङ्गल्यान्डको ६–४ को ऐतिहासिक जित, विश्वकपमा कांस्य पदक कब्जा

साकाको ह्याट्रिकमा फ्रान्समाथि इङ्गल्यान्डको ६–४ को ऐतिहासिक जित, विश्वकपमा कांस्य पदक कब्जा

काठमाडौं । बुकायो साकाको शानदार ह्याट्रिकको प्रेरणामा इङ्गल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गरेको छ। मियामीमा शनिबार राति भएको उच्च स्कोरिङ खेल विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल भएको तेस्रो स्थानको भिडन्तमध्ये एक बनेको छ।

उपाधि दौडबाट बाहिरिएपछि प्रतिष्ठाको लडाइँमा उत्रिएका दुवै टोलीका प्रशिक्षकले सुरुआती टोलीमा व्यापक परिवर्तन गरेका थिए। इङ्गल्यान्डका प्रशिक्षक थोमस टुचेलले कप्तान ह्यारी केन र जुड बेलिङ्घमलाई सुरुमै बेन्चमा राखेका थिए भने फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले ओसमाने डेम्बेले र बार्कोलाजस्ता प्रमुख खेलाडीलाई दोस्रो हाफका लागि जोगाएका थिए।

इङ्गल्यान्डले खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्‍यो। तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने त्यसपछि एज्री कोन्साले दोस्रो गोल थपे। ३०औँ मिनेटमा बुकायो साकाले गोल गर्दै अग्रता ३–० बनाए भने पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्यान्डलाई ४–० को बलियो अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा फ्रान्सले आक्रामक पुनरागमन गर्ने प्रयास गर्‍यो। मैदान प्रवेश गरेका खेलाडीहरूको प्रभावमा कप्तान केलियन एम्बाप्पेले दुई गोल गरे भने बार्कोलाले पनि एक गोल थपेपछि खेल ४–३ को रोमाञ्चक अवस्थामा पुग्यो।

तर फ्रान्सको पुनरागमनलाई इङ्गल्यान्डले रोक्न सफल भयो। खेलको अन्त्यतिर प्राप्त पेनाल्टीलाई साकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। त्यसपछि अन्तिम समयमा दुवै टोलीबाट थप एक–एक गोल हुँदा खेल ६–४ को नतिजासहित इङ्गल्यान्डको पक्षमा टुंगियो।

पराजित भए पनि फ्रान्सका कप्तान केलियन एम्बाप्पेले व्यक्तिगत रूपमा नयाँ इतिहास रचे। उनले दुई गोल थप्दै विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याएर सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरे।

यस जितसँगै इङ्गल्यान्डले फिफा विश्वकप २०२६ को कांस्य पदक आफ्नो नाममा पार्‍यो। सन् १९६६ मा विश्वकप जितेपछि विश्वकप मञ्चमा इङ्गल्यान्डको यो उत्कृष्ट उपलब्धिमध्ये एक मानिएको छ।

अब विश्व फुटबल समर्थकको ध्यान विश्वकपको उपाधि भिडन्तमा केन्द्रित भएको छ, जहाँ अर्जेन्टिनास्पेनबीच सोमबार बिहान न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा फाइनल खेल हुनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका