Monday, July 20, 2026
Homeराजनीतिधुलिखेलमा रवि–स्वर्णिमको गोप्य भेटपछि काठमाडौं फर्किए लामिछाने, रास्वपाको आगामी रणनीतिबारे चासो

धुलिखेलमा रवि–स्वर्णिमको गोप्य भेटपछि काठमाडौं फर्किए लामिछाने, रास्वपाको आगामी रणनीतिबारे चासो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धुलिखेलस्थित एक रिसोर्टमा उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको भेटघाटपछि आइतबार काठमाडौं फर्किएका छन्। उनी पत्नी निकिता पौडेलसहित राजधानी आएका हुन्।

स्रोतका अनुसार शनिबार अर्थमन्त्री वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्ट पुगेका थिए। त्यसको करिब २० मिनेटपछि सभापति लामिछाने र उनकी पत्नी पनि सोही रिसोर्ट पुगेका थिए। उनीहरू अर्थमन्त्री वाग्लेको स्वामित्व वा लगानी साझेदारी रहेको भनिएको भिल्लामा बसेका थिए।

शनिबार साँझदेखि आइतबार बिहानसम्म नेताद्वयबीच विभिन्न विषयमा छलफल भएको स्रोतको दाबी छ। यद्यपि भेटवार्ताको आधिकारिक एजेन्डाबारे रास्वपा वा सम्बन्धित पक्षले कुनै सार्वजनिक जानकारी दिएका छैनन्।

पार्टीभित्र र बाहिर सत्ता गठबन्धनको भविष्य, बजेट कार्यान्वयन, सरकारमा रास्वपाको भूमिका तथा पार्टीको आन्तरिक रणनीतिलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला भएको यो भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

विश्लेषकहरूका अनुसार पार्टीका वैचारिक तथा नीतिगत नेतृत्व सम्हालिरहेका उपसभापति समेत रहेका अर्थमन्त्री वाग्ले र जनमतको प्रमुख केन्द्र मानिने सभापति लामिछानेबीचको यो भेटले रास्वपाको आगामी रणनीति र राजनीतिक दिशाबारे थप चर्चा बढाएको छ।

यद्यपि, भेटमा के–कस्ता विषयमा सहमति वा निर्णय भयो भन्नेबारे कुनै आधिकारिक पुष्टि भएको छैन।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका