Sunday, July 19, 2026
Homeअन्तराष्ट्रियजोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानी आक्रमण, दुई अमेरिकी सैनिकको मृत्यु

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानी आक्रमण, दुई अमेरिकी सैनिकको मृत्यु

वासिङ्टन । जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामाथि इरानले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी हवाई आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ। उक्त आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको तथा एक सैनिक बेपत्ता भएको अमेरिकी सेनाले शुक्रबार पुष्टि गरेको हो।

अमेरिकी सेनाका अनुसार आक्रमणमा अन्य चार सैनिक घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि जोर्डनका स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

अमेरिकी सेनाद्वारा जारी विज्ञप्तिअनुसार इरानले एकैसाथ ब्यालिस्टिक क्षेप्यास्त्र र विस्फोटक ड्रोन प्रहार गर्दै सैन्य अड्डालाई निशाना बनाएको थियो। आक्रमण सुरु भएपछि त्यहाँ तैनाथ अमेरिकी तथा साझेदार राष्ट्रका सेनाले प्रतिरक्षा प्रणाली सक्रिय गरी प्रतिकार गरेका थिए।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ज्यान गुमाएका सैनिकहरूको परिचय सार्वजनिक गरिएको छैन।

मध्यपूर्वमा बढ्दो तनावका बीच प्रत्यक्ष इरानी आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएको यो महत्वपूर्ण घटना मानिएको छ। यसअघि इरान समर्थित सशस्त्र समूहहरूले अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गर्दै आए पनि, प्रत्यक्ष रूपमा इरानबाट ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी गरिएको आक्रमणले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाएको विश्लेषण गरिएको छ।

घटनापछि अमेरिकाको ह्वाइट हाउसरक्षा मन्त्रालय (पेन्टागन) ले सुरक्षा अवस्थाबारे उच्चस्तरीय छलफल थालेका छन्। साथै, घटनाप्रति अमेरिकाले कस्तो प्रतिक्रिया जनाउने भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका